टिकटकर मिस पबी ‘माग्ने राजा’ मा अनुबन्धित



काठमाडौं । टिकटकर तथा मोडल मिस पबी फिल्म ‘माग्ने राजा’ मा अनुबन्धित भएकी छन् । ऋषि लामिछानेको निर्देशन रहने यो फिल्ममा यसअघि केदार घिमिरे र वर्षा शिवाकोटी अनुबन्धित भइसकेका छन् ।

पबीले शुक्रबार सामाजिक सञ्जालमार्फत आफू फिल्ममा जोडिएको जानकारी दिएकी हुन् । मिस पबी हाल विक्की अग्रवाल निर्देशित कमेडी टेलिभिजन शो ‘कमेडी दरबार’मा व्यस्त छिन् ।

उनले टिभी श्रृंखला ‘ख्यालठट्टा’मा पनि अभिनय गरेकी छन् । मुनाल घिमिरेको निर्माण रहने फिल्ममा सामिप्यराज तिमल्सिनाको लेखन छ ।

आरम्भ प्रोडक्सनको प्रस्तुति रहने फिल्ममार्फत निर्देशक लामिछानेले आठ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन् । उनले पछिल्लो पटक सन् २०१६ मा प्रदर्शन भएको ‘किस्मत २’ निर्देशन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको