चलचित्र ‘द्रौपदी’ चैत्र ८ देखि प्रदर्शन हुने



काठमाडौं ।  केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र ‘द्रौपदी’ आउँदो चैतमा प्रदर्शन हुने भएको छ । निर्देशक आचार्यले डोल्पाको से फोक्सुन्डोलगायत विभिन्न रमणीयस्थलहरूमा छायाङ्कन गरिएको जानकारी दिए ।

उनले भने, ‘यो नाम धार्मिक सुनिए पनि यो महाभारतको पात्र नभई हाम्रो गाउँ र परिवेशकै एक महिला पात्रको कथा हो । यसमा हाम्रो कथासँगै हाम्रै रमणीय र पर्यटकीयस्थललाई देख्न पाउनुहुनेछ ।’ निर्देशक आचार्यले नेपालीपन भएको आभास गराउने ‘द्रौपदी’ एक पृथक कथा रहेको बताए ।

यस चलचित्रमा आश्विनी शाही, रवि ओड, जेल्सन अधिकारी, सुजाता तिमल्सिनाका साथमा निर्देशक आचार्यको अभिनय रहेको छ । आरवी मुभिजको ब्यानरमा निर्माण भएको चलचित्रमा सौरभ शर्मा बस्यालले पाश्र्वसङ्गीत, अनिल महर्जनले सम्भायन र मोहनकुमार झिल्लुले छायाङ्कन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
टिकटकर मिस पबी ‘माग्ने राजा’ मा अनुबन्धित

काठमाडौं । टिकटकर तथा मोडल मिस पबी फिल्म ‘माग्ने राजा’ मा अनुबन्धित भएकी

‘नातिकाजी राष्ट्रिय संगीत सम्मान’ १० जना स्रष्टालाई प्रदान गरिने

काठमाडौं । गत वर्षको ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान’ घोषणा भएको छ । यो

कर्णराज र एलिनाको ‘मनमा फूल्ने माया’

काठमाडौं । गायक कर्णराज गिरी र गायिका एलिना चौहानको स्वरमा रहेको गीत ‘मनमा

‘फेरी रेशम फिलिली’को प्रदर्शन मिति घोषणा

काठमाडौं । रौनक विक्रम कँडेलको लगानीमा निर्माण भएको फिल्म ‘फेरी रेशम फिलिली’को प्रदर्शन