चलचित्र विकास बोर्डलाई प्राप्त भए ‘७२ पटकथा’



काठमाडौँ । चलचित्र विकास बोर्डले सुरुवात गरेको पटकथा सङ्ग्रहालयमा चलचित्रमार्फत उत्साहक रुपमा पटकथाहरू प्राप्त भइरहेको जनाएको छ ।

बोर्डका अध्यक्ष दिनेश डिसीले ‘कबड्डी ४’, ‘बोक्सीको घर’, ‘छक्कापञ्जा ५’, ‘अन्तराल’, ‘दुई नम्बरी’, ‘चिसो मान्छे’ र ‘नाङ्गो गाउँ’ लगायतका ७२ चलचित्रको पटकथा प्राप्त भएको जानकारी दिए ।

‘नेपाली फिल्मको पटकथालाई अभिलेखको रुपमा राख्ने तयारीअनुसार हामीले सङ्कलन गरिरहेका छौँ । केही समयपछि यहाँ आएर सर्वाधिक सफल भएका वा राम्रो हुँदाहुँदै पनि दर्शकको साथ नपाएका चलचित्रको पटकथालाई नव चलचित्रकर्मीले पढ्न पाउनुहुनेछ । यो उहाँहरूको लागि प्रारम्भिक ज्ञानको रुपमा उपयोगी हुनेछ’, अध्यक्ष डिसीले भने ।

उनले पटकथा सङ्ग्रहालयले नयाँ पुस्तालाई घरेलु चलचित्रको इतिहास बुझ्न सजिलो बनाउने विश्वास व्यक्त गरे । ‘हामीले अहिले बोर्डलाई लयमा ल्याउन अहोरात्र मेहनत गरिरहेका छौँ । यहाँको बेथिति र ढिलासुस्तीलाई हटाउँदै काम गरिरहेकाले नेपाली चलचित्रकर्मीलाई लाभ दिनेछ । नयाँ चलचित्र ऐन, रियल टाइमबक्स अफिसमा डाटा प्राप्त हुनेलगायतका काम यही वर्षको अन्त्यसम्म गर्ने हाम्रो उद्देश्य छ’, अध्यक्ष डिसीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको