फिल्म ‘पीआर’ को फस्टलुक पोष्टर सार्वजनिक



काठमाडौं । सलोन सलिना फिल्मस्को व्यानरमा फिल्म ‘पीआर’ निर्माण हुने भएको छ । आरएफएम फयासिलिटी मेनेजमेन्ट अष्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्मको निर्देशन शोभित बस्नेतले गर्नेछन् ।

फिल्ममा ए वान ग्रुप सर्भिसका प्रदीप दाहाल निर्माता र एप्लाई वर्ल्डका गणेश केसी कार्यकारी निर्माता छन् । निर्देशक शोभितका अनुसार फिल्मका लागि हाल अष्ट्रेलियाका विभिन्न स्थानमा अडिसन भइरहेको छ । एम्बिसन कलेज रकडेल, आरटुएम एकाउन्टिन रकडेल र विकास अधिकारी (प्रिज्मस् एजुकेसन एन भिजा सर्भिस) विशेष सहयोग रहने फिल्ममा राजजंग क्षेत्री प्रोडक्सन हेड छन् ।

फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद छ । निर्देशक बस्नेतले फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियाको विभिन्न सहरमा गरिने बताए ।

फिल्म निर्माण समूहले फिल्मको फस्टलुक पनि सार्वजनिक गरेको छ । फस्टलुकमा हातमा सुटकेस बोकेर अष्ट्रेलिया जान लागेका एक व्यक्तिलाई देखाइएको छ । जसको शरीरको आधा भाग महिलाको छ भने आधा पुरुषको ।

महिलाको भागमा नेपालको झण्डा देखाइएको छ भने पुरुषको भागमा हातमा सुटकेस बोकेर कोट लगाएको देखाइएको छ । पृष्ठभूमिमा अष्ट्रेलिया र नेपालको दृश्य राखिएको छ । त्यस्तै उडिरहेको हवाईजहाज पनि देखाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको