‘कल्ली’मा नाजिर र वर्षा अनुबन्धित



काठमाडौं । आगामी पुस १० गतेदेखि छायाँकनमा जान लागेको फिल्म ‘कल्ली’मा नायक नाजिर हुसेन र नायिका वर्षा राउतको प्रवेश भएको छ ।

फिल्मका निर्माता किरण नेपालीले दुबै कलाकारहरुसँग सम्झौता गरेका छन् । कलाकारहरुको भूमिका के हो भन्ने बिषयमा केही पनि खुलाइएको छैन । फिल्ममा फिल्ममा नायक सौगात मल्ल, अर्पण थापा, वुद्धि तामाङ, कमलमणी नेपाल र नायिका बेनिशा हमाल फाइनल भइसकेका छन् ।

केही साता अगाडि मात्र कलाकार उत्तम प्रधानलाई पनि फिल्ममा भित्राइएको थियो । यस्तै, फिल्ममा माओत्से गुरुङ, रविन्द्र झा, विनोद न्यौपाने, रेअर राई पनि फाइनल भइसकेका छन् ।

रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण हुन लागेको फिल्ममा निसाल पौडेलको छायांकन, एसडी योगीको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहने पक्का भइसकेको छ । किरण नेपालीको लगानीमा बन्न लागेको यो फिल्ममा लक्ष्मण सुनारको लेखन एवं निर्देशन रहनेछ । फिल्मको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको