आयुमीको गीत ‘आफैँलाई’



काठमाडौं । गायिका अयूमी तामाङको ‘आफैंलाई’ बोलको आधुनिक पप गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
रचना, संगीत र स्वर अयूमीकै रहेको म्युजिक भिडियोमा उनी स्वयम् र उदयमान अभिनेता कुङसाङ बमजनले अभिनय गरेका छन् ।

म्युजिक भिडियोमा काठमाडौ र ललितपुर वरपर तामाङ बस्ती र संस्कृति सम्बन्धी दृश्यका अतिरिक्त आधुनिकतातर्फ लम्किरहेको जीवन परिवेशलाई समेत समावेश गरिएको छ । म्युजिक भिडियोमा युवा युवती गहिरो माया प्रेममा डुब्नु अघि पहिले आफूलाई अनि एक–अर्कालाई बुझ्न पर्छ भन्ने गहिरो सन्देश दिन खोजिएको छ ।

साथीभाइ र पारिवारिक जमघटमा भएको म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अयूमी पिता गीतकार डा आशबहादुर तामाङले नेपाली लोक संस्कृति सबै गीत संगीतको आधार भएकाले कुनै श्रष्टाले आफनो देश, वेशभूषा, भाषा र संस्कृति भूल्न नहुने सुझाव दिए ।

यसअघि ‘जाने भए’ बोलको पप आधुनिक गीतमा पनि उनकै रचना, संगीत र स्वर थियो । अयूमीका बाजे/बजु चन्द्रबहादुर र धनमाया प्रख्यात लोक गायक/ गायिका थिए भने पिता डा आशबहादुर तामाङ र माता हेमा पनि लोक श्रष्टाको परिचय बनाउन सफल व्यक्तित्व हुन् । नेपालको लोक गीत/संगीतको संरक्षण र सम्बद्र्धनमा उहाँहरु तीन पुस्ताकै योगदान रहेको छ ।
गीत/संगीतको पारिवारिक वातावरण र प्रेरणामा अयूमीले सिर्जनामार्फत आफनो क्षमताको निखार र परिचय अघि बढाइरहेकी छन् ।

विदेशमा कार्यरत भएपनि नेपाली गीत/संगीतप्रतिको लगाव र तत्परतालाई जीवन्त तुल्याउन परिवारका अतिरिक्त साथीसङ्गीले समेत प्रेरणा दिइरहेका छन् । उनको पछिल्लो श्रृजनाले त्यस विषयलाई उजागर गरेको छ ।

अयूमीका हजुरआमा धनमायाले ७२ वर्षको उमेरमा गण्डकी प्रदेशमा प्रचलित ठेट, ठाडो तथा ढिला भाकाका दाइँ गीतजस्ता लोपोन्मुुख गीत रेकर्ड गरी एल्वम मार्फत् सार्वजनिक भएकी थिइन् । त्यसैगरी पिता डा आशबहादुरको रचना र संगीतमा तामाङ सेलो ‘ओई सोल्टीनी’ गतवर्ष सार्वजनिक भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको

‘पण्डित भन्दैमा भगवान हुँदैनन्, म पनि पण्डितको छोरो हो, कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौँ’

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार

‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय

काठमाडौं । फिल्म ‘यो मन त मेरो नेपाली हो’ को प्रदर्शन मिति तय