चलचित्र विकास बोर्डका अध्यक्षको दाबीः दुई वर्षको काम ६ महिनाभित्र



काठमाडौं ।  चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले दुई वर्षको काम आफूले ६ महिनाभित्रमा गर्ने बताएका छन् ।

यसवर्षको बाँकी रहेको ‘राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान’ आउँदो साताभित्र गर्ने तयारीमा रहेको जानकारी दिँदै अध्यक्ष डीसीले आफूलाई कुनै पनि बहाना बनाएर अलमल गर्ने र काम नगर्ने छुट नरहेको उल्लेख गरे ।

उनले भने, ‘बोर्डमा अध्यक्ष बन्नुभन्दा अगाडि मैले पनि स्वायतता चाहिन्छ भनेर धेरै पटक बोलेको छु । तर यहाँ काम गर्न कुनै रोकावट रहेनछ, स्वायतता छ । त्यसकारण मैले मेरो समूहसँग मिलेर यहाँ भएका सेवालाई चुस्तदुरुस्त बनाउने र आवश्यक सेवा थप्ने गरी काम गरिरहेको छु । मैले गरेका काम आगामी वर्षको वैशाख १ गतेसम्ममा देखिने छ, चलचित्रकर्मीले महसुस गर्ने गरी काम गरेर परिणाम देखाउने छु ।’

अध्यक्ष डीसीले चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसद्मा पेस गर्न, चलचित्र क्षेत्रको इतिहासलाई सङ्ग्रहित गर्न, पटकथालाई सङ्ग्रहित गर्न, आउँदो वर्ष २०८२ वैशाख १ गतेदेखि बक्सअफिसमा ‘रियल टाइम डाटा’ निर्मातालाई उपलब्ध गराउनेलगायतका काम गर्न आफ्नो समूहले अहोरात्र काम गरिरहेको बताए ।

‘चलचित्रकर्मीलाई अपनत्व महसुस गराउन बोर्डको सभाहललाई एकपटकको कार्यक्रम गर्न निःशुल्क उपलब्ध गराउनुका साथै केही चलचित्रकर्मीको हकमा निधन भएपछि अन्तिम संस्कार गर्न कठिनाइ देखिएका कारण अब त्यसको समन्वय बोर्डले गर्नेछ । यसैगरी बोर्डसहित बाँकी रहेका सम्पूर्ण चलचित्र भवनलाई अपाङ्तामैत्री )ह्वीलचेयर पुग्ने) बनाउँछौँ’, अध्यक्ष डिसीले भने।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समीक्षाले दिइन् आफ्नो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध कारबाहीका लागि साइबर ब्यूरोमा उजुरी

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा उजुरी

टिकटकर मिस पबी ‘माग्ने राजा’ मा अनुबन्धित

काठमाडौं । टिकटकर तथा मोडल मिस पबी फिल्म ‘माग्ने राजा’ मा अनुबन्धित भएकी

चलचित्र ‘द्रौपदी’ चैत्र ८ देखि प्रदर्शन हुने

काठमाडौं ।  केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र

‘नातिकाजी राष्ट्रिय संगीत सम्मान’ १० जना स्रष्टालाई प्रदान गरिने

काठमाडौं । गत वर्षको ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान’ घोषणा भएको छ । यो