७२ जना चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान



काठमाडौँ । चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ । बुधबार चलचित्र विकास बोर्डको सभाहलमा आयोजित ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र वितरण कार्यक्रम’ मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेका हुन् ।

मन्त्री गुरुङले भने, ‘यो परिचयपत्रले चलचित्रमा जीवन समर्पित गर्नुभएका चलचित्रकर्मीलाई थोरै भए पनि सम्मान गरेको छ भन्ने लागेको छ । हामीले यस क्षेत्रमा देखिएको समस्यालाई विस्तारै कम गर्नेछौँ । सरकार र मन्त्रालय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न सधैँ तत्पर छ ।’

कार्यक्रममा कलाकार गौरी मल्ल, पुष्पकुमार श्रेष्ठ, माओत्से गुरुङ, पुरणबहादुर जोशी, परशुराम चौधरी, तैयब शाह, रचना सिंह, राजकुमार शाह, दिव्यश्वर गौतम, राकेशकुमार खड्का, रामेश्वरजङ्ग केसी, पुकार भट्टराई, कृष्णप्रसाद ढुङ्गाना, मुकुन्द थापा, रमेश रञ्जन झा, रवि डङ्गोल, शङ्करप्रसाद आचार्य, केदारनाथ दवाडी, दिनेशकुमार विष्ट, आनन्द ढुङ्गाना, म्याक्चुङ गौतम (हिउँवाला), शालिकराम कार्की, सरोजकुमार खनाल, रामशरण जङ्गम लगायतलाई परिचयपत्र प्रदान गरिएको थियो ।

‘चलचित्रकर्मी परिचयपत्रलाई थप व्यवस्थित बनाइ यसको प्रभावकारिता बढाएर प्रदान गरेका हौँ । यो राज्यले दिएको एउटा सम्मान र सुविधा पनि हो’, चलचित्र विकास बोर्डका अध्यक्ष डिसीले भने ।

१३ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गर्दै यसको सुरुआत विसं २०७३ वैशाख ७ गतेदेखि भएको थियो । त्यसपछि विसं २०७३ असार १६ गते २७ जना, विसं २०७९ असार १६ गते ६२ जना र आज ७२ जनालाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरिएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको