नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण घोषणा



 

काठमाडौँ । नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको आठौँ संस्करण विसं २०८२ असार ५ देखि ८ गते सम्म  हुने भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्य र वासिङ्टन डीसी महानगर क्षेत्रमा आयोजना गरिने महोत्सवका लागि विश्वभरबाट आवेदन खुला गरिएको आयोजकले जनाएको छ ।

महोत्सवमा कथानक, वृत्तचित्र, छोटा चलचित्र, एनिमेसन लगायतका विधाका चलचित्र देखाइने महोत्सव निर्देशक युवाकर राजकर्णिकारले जानकारी दिए ।

उनले भने, “नेपाल, अमेरिका र दक्षिण एसियासहित विभिन्न देशका स्वतन्त्र चलचित्रलाई उच्च प्राथमिकतामा राखेका छौँ । सबै दर्शक तथा सहभागीमा मनोरञ्जन र ज्ञान आदानप्रदानको अनुभूति गराउने विश्वास लिएका छौँ ।”

मेरिल्याण्डमा स्थापित गैरनाफामूलक संस्था ‘नेपाल–अमेरिका फिल्म सोसाइटी’ ले सन् २०१७ देखि प्रत्येक वर्ष महोत्सव आयोजना गर्दै आएको छ । वासिङ्टन डीसी, मेरिल्याण्ड र भर्जिनियाका स्थानीय चलचित्रकर्मीलाई प्रोत्साहन गर्न ‘डीएमभी क्लोजअप’अन्तर्गत पनि चलचित्र प्रदर्शन हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय चलचित्रकर्मी सङ्लग्न समितिले आवेदन परेकामध्येबाट चलचित्र प्रदर्शनका लागि छनोट गर्नेछ । प्रदर्शन गरिएकामध्येबाट उत्कृष्टलाई पुरस्कृत गरिने र महोत्सव अवधिमा चलचित्र, संस्कृति र नयाँ प्रविधिबारे ‘प्यानल’ छलफल तथा कार्यशाला हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको