यस्तो छ ‘ह्रस्व दीर्घ’को ट्रेलर



काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’को ट्रेलर सार्वजनिक भएको छ । अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको प्रेम सम्बन्धमा आउने उतार–चढाव नै फिल्मको कथावस्तु हो ।

देवधाममा राज गरेका बसेका महामन्थ (प्रदीप रावत)की छोरी नारायणी (नीता)सँग हरि (हरिहर)को प्रेम अंकुराएको छ । तर, हरिहरको गरिमा शर्मासँग पनि प्रेम बसेको खुलेपछि उत्पन्न परिस्थितिलाई ट्रेलरमा चित्रण गरिएको छ ।

हरिहर रोमान्टिक र एक्सन अवतारमा प्रस्तुत छन् । अभिनेत्री विपना थापाले हरिहरकी आमाको भूमिका निभाएकी छन् । साउथ अभिनेता ब्रह्मानन्दम नीताको मामाको भूमिकामा देखिएका छन् भने ‘पुष्पा’ भिलेन सुनिल बर्मा नकारात्मक भूमिकामा प्रस्तुत छन् ।

साउथका कलाकारहरु अली, कबीर दुहन सिंहसहित नेपाली कलाकारहरु सरोज खनाल, रेखा थापा, सञ्चिता लुइँटेल, प्रशान्त ताम्राकार, किरण केसी, रविन्द्र झा, आदर्श मिश्र लगायतलाई पनि ट्रेलरमा स्थान दिइएको छ । नीता फिल्म्सले निर्माण गरेको यो फिल्म कात्तिक ३० गते नेपाल र भारतमा समेत रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तत्कालका लागि ‘एक्टर : टेक वन’को प्रदर्शन रोक्न अदालतको आदेश

काठमाडौँ । बुधबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन तत्कालका लागि

अमेरिकाबाट ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ को अडिसन सुरु

न्यूयोर्क। सबैभन्दा धेरै पुरस्कार राशि भएको विश्वस्तरीय नेपाली गायन र नृत्यका रियालिटी शो

विजय बराल ‘जनै हराएको बाहुन’ मा अनुबन्धित

काठमाडौं । हिमाल न्यौपाने निर्देशित फिल्म ‘जनै हराएको बाहुन’ मा अभिनेता विजय बराल

नाचिन छाडे धाननाच

तेह्रथुम । पूर्वी नेपालमा मूल रूपमा बसोबास गर्ने याक्थुङ (लिम्बू) जातिको सांस्कृतिक नाच