समीक्षा अधिकारीको ‘मुटु रेटियो’मा मुकुन्द भट्ट र स्मारिका ढकालको अभिनय



काठमाडौं । गायिका समीक्षा अधिकारीको आवाजमा मुटु रेटियो बोलको लोकगीत सार्वजनिक भएको छ । प्रेम सम्बन्धको मार्मिक कथा बोकेको गीतलाई प्रितम श्रेष्ठले तयार पारेका हुन् ।

गीतमा एउटी नारीले प्रेम विश्वासमा पाएको घात र त्यसपछि नेपाली समाजले गर्ने कटुतापूर्ण व्यवहार चित्रण गर्न खोजिएको श्रेष्ठले बताए। गीतमा शब्द र संगीत श्रेष्ठकै रहेको छ।

’नेपाली समाजमा महिलामाथि गरिने व्यवहार अझै फरक छ। फरक व्यवहार भयो भन्दैमा समस्याबाट भाग्नु हुँदैन। डटेर सामना गर्नुपर्छ भन्ने सन्देश गीतले दिनखोजेको छ,’ उनले भने । अमेरिका बसोबास गर्दै आएका श्रेष्ठले नेपाली गीत÷संगीतलाई अगाध प्रेम गर्दै आएका छन्।

गीतमा स्मारिका ढकाल, मुकुन्द भट्ट र रिता सिवाकोटीको मुख्य अभिनय रहेको छ।

गीतलाई प्रवीण थापाले निर्देशन गरेका छन्। गीतमा कृष्ण बाजुरालीको एरेन्ज, महेश महेराको छायांकन, अमृत चापागाईंको सम्पादन र रङ संयोजन रहेको छ। गीतको सहायक निर्देशन अमृत भट्टराईले गरेका छन्।

श्रेष्ठको शब्द रचना र शान्तिश्री परियारको स्वरमा रहेको एआइबाट गाइएको माथिमाथि माया बग्छ गीतले पनि यसअघि स्रोताको मन जितेको थियो। मायालु पनि उनको रुचाइएको गीतमा पर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
समीक्षाले दिइन् आफ्नो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध कारबाहीका लागि साइबर ब्यूरोमा उजुरी

काठमाडौं । गायिका समीक्षा अधिकारीले आफ्नो चरित्र हत्या गरेको भन्दै साइबर ब्यूरोमा उजुरी

टिकटकर मिस पबी ‘माग्ने राजा’ मा अनुबन्धित

काठमाडौं । टिकटकर तथा मोडल मिस पबी फिल्म ‘माग्ने राजा’ मा अनुबन्धित भएकी

चलचित्र ‘द्रौपदी’ चैत्र ८ देखि प्रदर्शन हुने

काठमाडौं ।  केन्द्रीय चलचित्र जाँच समितिका सदस्य ऋषि आचार्यको निर्देशनमा तयार भएको चलचित्र

‘नातिकाजी राष्ट्रिय संगीत सम्मान’ १० जना स्रष्टालाई प्रदान गरिने

काठमाडौं । गत वर्षको ‘नातिकाजी राष्ट्रिय संगीत सम्मान’ घोषणा भएको छ । यो