ज्योतिषशास्त्रमा आधारित चलचित्र ‘ह्रस्व दीर्घ’



 

काठमाडौँ । निर्देशक चन्द्र पन्तले नेपाली र भारतीय कलाकारहरूले अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ ले कला, संस्कृतिसँगै एक आपसमा सामीप्यता बढाउने बताएका छन् । चलचित्रको निर्माण प्रारम्भ गर्दा नेपाली कलाकार नै रहे पनि पछि भारतीय कलाकारहरूलाई प्रस्ताव गरिएको उनले जानकारी दिए ।

“हामीले नेपाली धेरै कलाकारलाई प्रस्ताव गरेका थियौँ । यहाँ सहकार्य नजुटेपछि चलचित्रको बजार विस्तार गर्न भारतीय कलाकारलाई प्रस्ताव गर्यौँ । उहाँहरूले स्वीकार गरेपछि अहिलेको सहकार्य सम्भव भएको हो”, निर्देशक पन्तले भने ।

उनले अहिलेसम्म चलचित्र नदेखाइएको विषयमा आफ्नो समूहले कथा तयार गरेर ‘ह्रस्व दीर्घ’ तयार गरेको दावीसमेत गरे । उनले दुई देशका प्रसिद्ध कलाकारको सहकार्यले नेपाली चलचित्रको बजारलाई दक्षिण भारतमा विस्तार गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

“हामीले दक्षिण भारतका प्रसिद्ध कलाकारसँग काम गरेका कारण त्यहाँ चलचित्रको चर्चा छ । हामीले छिटै त्यहाँ प्रदर्शनको बारेमा जानकारी दिने छौँ । त्यो चलचित्र उद्योगमा नेपाली चलचित्रको चर्चा भएको सुन्दा खुसी लाग्छ”, निर्देशक पन्तले भने ।

अभिनेत्री विपना थापाले पनि निर्देशक पन्तकै कुरामा सहमति जनाउँदै भारतीय पत्रपत्रिकामा नेपाली चलचित्र चर्चाले आफूलाई हर्षित बनाएको बताइन् । उनले भनिन्, “मेरो एउटा सपना नै थियो, कि हाम्रो चलचित्रको विषयमा भारतमा चर्चा होस्, हाम्रो काम र मेहनत त्यहाँका कलाकारले देखुन् र बुझुन्, त्यो यसपटक पूरा भयो । यो चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत भएको नेपाली चलचित्रको प्रवर्द्धन आउँदो समयमा सबैले महसुश गर्नुहुने छ ।”

एउटै नक्षत्र, ग्रह र भाग्य भएका जोडीको सम्बन्ध र उनीहरूका जीवनमा आउने आरोह–अवरोहको कथामा आधारित चलचित्रलाई ज्योतिष हरिहर अधिकारीले लेखेका हुन् । उनले यो विषय दर्शकलाई रोचक लाग्ने भएकाले आफूले चलचित्रमा ल्याउने आँट गरेको बताए ।

“यो पूर्णरुपमा ज्योतिषशास्त्रमा आधारित चलचित्र होइन्, तर विषयवस्तुसँग जोडिएको छ । हामीले आफ्नोपन दिन पनि यसमा नेपाली धर्म र संस्कृतिको प्रयोग गरेका छौँ । यद्यपि यो पूर्णरुपमा मनोरञ्जनात्मक चलचित्र हो”, ज्योतिष अधिकारीले भने ।

चलचित्रमा ज्योतिष अधिकारीसँगै अभिनेत्री नीता ढुङ्गाना, गरिमा शर्मा, रेखा थापा, प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, सरोज खनाल, रवीन्द्र झासँगै भारतीय कलाकार ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत, कबीर दुहन सिंहलगायतले अभिनय गरेका छन् ।

कात्तिक ३० गतेदेखि यो चलचित्र नेपालीसँगै हिन्दी, तेलुगु भाषासमेतमा प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्मा र कुटुम्बले एकसाथ ‘कन्सर्ट’ गर्ने

काठमाडौँ । कीर्तिपुरमा कर्मा र कुटुम्ब ‘ब्यान्ड’ले एकसाथ कन्सर्ट गर्ने भएका छन् । ‘एकै

आजदेखि ललितपुरमा फिल्म साउथ एसिया महोत्सव

  काठमाडौँ । ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको चौथौ

७२ जना चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान

काठमाडौँ । चलचित्र विकास बोर्डले ७२ चलचित्रकर्मीलाई ‘विशिष्ट चलचित्रकर्मी परिचयपत्र’ प्रदान गरेको छ

वृद्ध अवस्थाका दुःख, पीडा समेटिएको ‘बुढेसकाल’

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अभिनित ‘बुढेसकाल’ गीतको भिडियो सार्वजनिक भएको