‘केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक



काठमाडौं । नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ को दोस्रो पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठलाई केही गम्भीर भावमा देखाइएको छ ।

यसअघि सार्वजनिक पहिलो पोस्टरमा निकै हसमुख मुद्रामा देखिएका नाजिर र सृष्टिलाई दोस्रो पोस्टरमा फरक मुडमा देखाइएको छ । पोस्टरमा नाजिर र सृष्टि सामान्य पहिरनमा छन् ।

पोस्टरमा नाजिर र सृष्टिको पृष्ठभूमिमा ‘बजारमा अनौठो परिवेशको नयाँ चलचित्र’को शीर्षकको समाचार शीर्षक छ । जसमा चलचित्रका लेखक तथा निर्देशक दीपेन्द्र गौचनको नाम देख्न सकिन्छ । यो समाचार बाहेक पोस्टरमा ‘देशमा हतियार तस्करी फस्टाउँदै’सहित अन्य शीर्षकका समाचार पनि छन् ।

यही कार्तिक ३० गते रिलिज हुने चलचित्रको यसअघि सार्वजनिक गीत, टिजर र पोस्टरले बजारमा छुट्टै हाइप बनाइसकेको छ । चलचित्रमा ३२ वर्षअघिको डकु–ड्रामा ‘उजेली’का निर्देशक दीपेन्द्र गौचनको निर्देशन छ । दीपेन्द्रकै निर्माण रहेको चलचित्रमा उनकै स्क्रिप्ट लेखन छ ।

चलचित्रमा नाजिर र सृष्टिसँगै सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनिल कुर्मी, मनोज शाह, अर्जुन पोखरेल र ओमप्रकाश कर्णको अभिनय छ । चलचित्रमा अमितेष शाह विशेष भूमिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको