विष्णु खत्रीको ‘दसैँ आइसक्यो’



काठमाडौँ ।

आइसक्यो फेरि नी साहुलाई ढाँट्ने दिन

तिरेरै गाछैन पोहोर सालकै ऋण

दसैँ आइसक्यो,

रित्तो गोजी रित्तै छ भकारी परान खाइसक्यो।

यस्तै शब्द समेटेर लोक तथा दोहोरी गायक विष्णु खत्रीले नेपालीहरुको महान् चाड दसैँलाई लक्षित गरी ‘दसैँ आइसक्यो’ गीत सार्वजनिक गरेकी छिन्। गीतमा गरिबीका कारण दसैँ मनाउन कठिन भएको आम नेपालीको कथा उजागर गरिएको छ।

विष्णु खत्री नामक युट्यूब च्यानलबाट सार्वजनिक गरिएको सो गीतमा गायक खत्री र लक्ष्मी खड्काको स्वर रहेको छ भने लय/शब्द स्वयं गायक खत्रीकै छ। गीतको सङ्गीत संयोजन कृष्ण विकले गरेका छन्।

गायक खत्रीले यस अघिका दसैँहरुमा ‘दसैँमा आउ प्यारा’, ‘दसैँ तिहार आउँदा’, ‘सुनको जलप’, ‘माया अपार’, ‘रिनै रिनको’, ‘मेरो यस्तै चाल छ’, ‘दसैँ तिहार गाउँमा’ र ‘चचहुई’ लगायतका दसैँसम्बन्धी लोक तथा दोहोरी गीत बजारमा ल्याएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको

‘पण्डित भन्दैमा भगवान हुँदैनन्, म पनि पण्डितको छोरो हो, कपोकल्पित कुरा गरेर भ्रममा पार्ने काम बन्द गरौँ’

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार