फिल्म ‘नरसिंहाः अवतार’मार्फत राजेश हमालको ‘कमब्याक’



काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभमुहूर्त गरिएको छ । बिहीबार काठमाडौंको एनएफडीसी स्टुडियो बालाजुमा फिल्मको मुहूर्त गरिएको हो ।

एक्सन तथा सोसल ड्रामामा निर्माण हुने यो फिल्मको निर्माता नरेन्द्र महर्जनले क्ल्याप हानेका थिए । निर्माता तथा वितरक छविराज ओझाले नरिवल फुटाएर शुभमुहूर्त गरेको फिल्मको वितरक करण श्रेष्ठको एक्सन सँगै सुटिङ सुरु गरिएको हो ।

शुभमुहूर्त कार्यक्रमा यो फिल्मका निर्माण टिम तथा फिल्मका मुख्य कलाकारहरु राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई र अर्जुन श्रेष्ठ लगायतको उपस्थिति थियो ।

महानायक हमालले यो फिल्मको स्टोरी आफूले सोचेकोभन्दा फरक पाएको र टिमअप राम्रो भएको कारण पुनः फिल्ममा फर्किएको बताए ।

आगामी फागुन १४ गते शिवरात्रीलाई प्रदर्शन मिति घोषणा गरिएको यो फिल्ममा महानायक राजेश हमाल, राज कटुवाल, नीति शाह, सरोज खनाल, सनिशा भट्टराई, दीपा शाही, प्रशान्त ताम्राकार, नीर शाह, रमेश चन्द सोडारी, प्रकाश कुँवरलगायतको अभिनय रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको