सासु बुहारीको कथामा आधारित सिरिज ‘ओ ! सासुजी’ आजदेखि न्यूज नेपाल टेलिभिजनमा



काठमाडौं । सासु बुहारीको कथामा आधारित प्रिमियम सिरिज ‘ओ ! सासुजी’ अब टेलिभिजनमा प्रसारण हुने भएको छ ।

हिन्दू महिलाहरुको महान पर्व तीजको पावन अवसरमा सो सिरिज भाद्र २१ गते शुक्रबारदेखि न्यूज नेपाल टेलिभिजनबाट प्रसारण हुन लागेको हो । ‘ओ ! सासुजी’  सिरिज टेलिभिजनमा साँझ ७ः१५ बजेदेखि र ओएसआर डिजिटलको युट्युव च्यानलबाट राति ८ः१५ बजे प्रसारण हुने निर्देशक समिर जोशीले जनाकारी दिए ।

बिनभ क्रियसनको प्रस्तुति रहेको उक्त प्रिमियम सिरिजको निर्देशन संचारकर्मी निर्देशक समिर जोशी र लेखन सुरेन्द्र रानाको रहेको छ । विना जोशी निर्मातृ रहेको उक्त सिरिजमा सासु पनि आमा सरह र बुहारी पनि छोरी सरह हुन्छ भन्ने कथामा आधारित रहेको छ ।

सासुले बुहारीलाई गरिने मायाप्रेम र बुहारीले सासुलाई गर्ने आत्मियता त्याग र समर्पणको कथा रहेको उक्त प्रिमियम सिरिज हास्यव्यङ्ग्य शैलीमा आधारित रहेको छ । सिरिजमा अर्को पाटो हाल आर्थिक मन्दीले गर्दा विज्ञापन व्यवसायको प्रतिस्पर्धाले आफ्नो व्यवसाय कसरी बचाउने कथा पनि रहेको छ ।

उक्त प्रिमियम ‘ओ ! सासुजी’  सासुजीको छायाकंन जीवन श्रेष्ठले गरेका छन् भने सम्पादन सुनिल श्रेष्ठ र संगीत वीरेन शाक्यको रहेको छ ।

त्यस्तै ग्राफिक्स दुर्गेश रंजितकार र प्रचारप्रसार निर्देशक प्रबल प्रधान रहेका छन् । विश्वराम हापुको श्रींगार रहेको उक्त प्रिमियम ‘ओ ! सासुजी’  मा कलाकारहरु बिन्दा खतिवडा, दिक्पाल कार्की, बिनोद पौडेल। चिरिबाबु महर्जन,सुस्मिता बुढाथोकी, बाबुराजा मानन्धर, साङ्गे शेर्पा, राम कार्की लगायत छन् । नायिकाद्वय संगम शर्मा र युजिन श्रेष्ठले सिरिजमार्फत पर्दार्पण गरेका छन् । साङ्गे शेर्पा यो सिरिजको निर्माण नियन्त्रक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ