दिवाकर भट्टराई निर्देशित ‘मायावी’ कात्तिक १५ देखि प्रदर्शनमा आउने



काठमाडौं । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायावी’ कात्तिक १५ गते प्रदर्शन हुने भएको छ । निर्देशक भट्टराईले तिहारको बिदाको अवसर पारेर फिल्म प्रदर्शनको मिति तय गरेका हुन् ।

फिल्ममा पल शाह र दीपिका प्रसाईं मुख्य भूमिकामा छन्। निर्देशक भट्टराईले मायावीलाई ‘ड्रिम प्रोजेक्ट’ भएको बताएका छन् । फिल्ममा पल र दीपिकासँगै सुशील सिटौला, समिम खान, करिष्मा श्रेष्ठ, प्रशान्त ताम्राकार, लक्ष्मी गिरी, रवि डंगोल, राजाराम पौडेल, अंशु महर्जन, रमा प्रसाईंलगायतको अभिनय छ ।

फिल्म राज कटुवाल, चन्द्र पन्त र ध्रुवप्रसाद न्यौपाने मिलेर निर्माण गरेका हुन्। फिल्ममा निर्देशक भट्टराईकै लेखन छ । फिल्ममा राजु थापाको डीओपी, एसडी योगीको संगीत, राम अविरलको गीत रचना छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ