‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर



काठमाडौं । फिल्म ‘ह्रस्व दीर्घ’को प्रदर्शन मिति हेरफेर भएको छ । नायक हरिहर अधिकारीले नयाँ प्रदर्शन मिति कात्तिक ३० गतेलाई तोकिएको जानकारी दिएका हुन् ।

यसअघि असोज ३ गते फिल्मको प्रदर्शन मिति तोकिएको थियो । नायक अधिकारीका अनुसार फिल्मको प्राविधिक काम नसकिएपछि प्रदर्शन मिति हेरफेर गर्नुपरेको हो ।

हाल यस फिल्मको ‘पोष्ट प्रोडक्सन’को काम भारतको मुम्बईमा भइरहेको छ । चर्चित भारतीय कालकारहरुको अभिनय रहने भएकाले यस फिल्म निर्माण चरणको सुरुवातदेखि चर्चामा छ । ब्रह्मनम्दम्, अली, प्रदीप रावत, कविर दुहान सिंह र सुनिल वर्मालगायत भारतीय कालकार यस फिल्मको मुख्य भूमिकामा छन् ।

नेपाली कलकारहरूमा हरिहर अधिकारी र नीता ढुंगानाको शीर्ष भूमिका छ भने प्रशान्त ताम्राकार, सञ्चिता लुइँटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसीलगायत कलाकार पनि प्रमुख भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ