यस्तो छ ‘रावायण’ को शीर्ष गीत



काठमाडौं । सुदर्शन थापाको निर्देशन रहेको फिल्म ‘रावायण’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । निर्माण टिमले मंगलबार गीत सार्वजनिक गरेको हो ।

गीतमा बलिउड गायक नकाश अजिजको स्वर छ। गीतका शब्द कृष्णहरी बरालले लेखेका हुन् भने संगीत रेवान आरती सिंहको छ । गीतमा फिल्मका शीर्ष कलाकार पुजा शर्मा, पल शाह फिचर्ड छन् ।

गीतलाई विक्रम स्वाँरले कोरियोग्राफी गरेका हुन् । यसमा प्रियंका कार्की, प्रमोद अग्रहरी, प्रकाश शाह, अर्जुनजंग शाही, शर्मीला मल्ल, प्रदीप ढकाल, निकिता चण्डकको पनि अभिनय छ ।

सुदर्शन थापाको कथा, शिवम अधिकारीको लेखन रहेको फिल्ममा सौरभ लामाको छायांकन, श्री श्रेष्ठको एक्सन र मिलन श्रेष्ठको सम्पादन छ । फिल्म तीजको अवसर पारेर भदौ २१ गते रिलिज हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा