यस्तो छ ‘सतीदेवी’ को ट्रेलर



काठमाडौँ । फिल्म ‘सतीदेवी’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा छोरी हुनुको पीडालाई देखाइएको छ। फिल्ममा अभिनेत्री मलिका महत मुख्य भूमिकामा छिन्। सामाजिक कथामा आधारित फिल्ममा छोरीको महत्वलाई बुझाउन खोजिएको छ ।

फिल्ममा अन्य कलाकार हर्षिका वाली, मन्जिला बानियाँ, सन्दीपबाबु लोहनी, रमेश वुढाथोकी, कुल बहादुर अधिकारी, भोला सापकोटा, सिर्जना अधिकारी, सुजिता शिवाकोटी लगायतका कलाकारको अभिनय छ ।

आगामी साउन ४ गते प्रदर्शन हुने फिल्मका लेखक तथा निर्देशक लक्ष्मण सुवेदी हुन् । फिल्ममा श्रीदेवी सुवेदी र विशाल सुवेदीले लगानी गरेका छन् । बाबु श्रेष्ठको छायाँकन र तारा थापा ‘किम्भे’को सम्पादनमा बनेको फिल्ममा दीपक शर्मा र सुभाष भुसालको संगीत, रामजी लामिछानेको कोरियोग्राफी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
यस्तो छ भुटानी शरणार्थीको मनोविज्ञानमा आधारित फिल्म ‘भूठान’को ट्रेलर

काठमाडौं । फिल्म ‘भूठान’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा हरिवंश आचार्यलाई फरक

नयाँ वर्षमा नेपाली चलचित्रलाई दर्शकको साथ

काठमाडौं ।  नेपाली चलचित्रका लागि नयाँ वर्ष उत्साहजनक हुने गरेको छ । अर्थात्

सिन्धुली कलाघर–जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

  सिन्धुली । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको

चलचित्र छायाङ्कनकोे ‘हब’ बन्दै मुस्ताङ

मुस्ताङ । पछिल्लो समय बेनी–जोमसोम–कोरला सडकमा आवतजावत गर्न सहज भएसँगै यहाँ चलचित्र छायाङ्कनको