भागिरथ चलाउनेको ‘गुलेलीले जुरेलीलाई हानम कि म नाई’
काठमाडौँ । लोकप्रिय गायक भागिरथ चलाउनेको नयाँ तीज गीत सार्वजनिक गरिएको छ । चलाउनेको ‘गुलेलीले जुरेलीलाई हानम कि म नाई’ बोलको गीत सार्वजनिक गरिएको हो ।
गीतमा भागिरथसँगै गायिका सुनिता बुढा क्षेत्रीको स्वर छ भने शब्द र संगीत भागिरथ आफैंको रहेको छ । गीतमा संगीत संयोजनको काम विनोद बाजुरालीले गरेका छन् । गीतको भिडियोमा गायक भागिरथ आफैंले नृत्य गरेका छन् भने उनीसँगै अनिशा ओलीले अभिनय गरेकी छिन् ।