खाँदबारीका नेवार युवायुवतीलाई धिमेबाजासम्बन्धी २५ दिने प्रशिक्षण



 

खाँदबारी ।  सङ्खुवासभाको खाँदबारी नगरपालिकाका नेवार युवायुवतीलाई धिमेबाजा, बाँसुरी, चर्या नृत्य र नेवारी भाषासम्बन्धी प्रशिक्षण दिइएको छ ।

नेवाः मिसा दबु खाँदबारी नगरको आयोजनामा खाँदबारी आसपासका ६० युवायुवतीलाई धिमेबाजालगायत नेवारी संस्कार र संस्कृतिबारे २५ दिने प्रशिक्षण दिइएको हो ।

नेवार बस्तीमा परापूर्वकालदेखि बजाइँदै आएको धिमे बाजाको प्रवर्द्धन गर्न युवायुवतीका लागि आयोजना गरिएको प्रशिक्षण शनिबार सम्पन्न भएको नेवाः मिसा दबु खाँदबारीकी अध्यक्ष रसिला शाक्यले बताइन् ।

नेवारी संस्कृतिमा हरेक कामको सुरुआत गर्नुअघि धिमेबाजा आवश्यक पर्ने भएकाले पछिल्लो पिँढीका युवायुवतीलाई धिमे, बाँसुरी र चर्या नृत्य सिकाइएको उनले जानकारी दिइन् ।

‘पुरानो पुस्ताले नेवारी संस्कृति र सीपका बारेमा पुस्ता हस्तान्तरण गर्न प्रशिक्षण आयोजना गरिएको हो । यसलाई निरन्तरता दिने र थप युवायुवती तयार पार्ने हाम्रो योजना छ’, अध्यक्ष शाक्यले भनिन् ।

प्रशिक्षणमा १२ देखि २५ वर्ष उमेर समूहका नेवार समुदायका युवायुवतीलाई सहभागी गराइएको थियो । धिमे नेवार समुदायमा सबैभन्दा प्रचलित बाजा हो । यो बाजा नेवार समुदायका विभिन्न चाडपर्व, जात्रा, परम्परा, भोज आदिमा बजाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ