‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’



काठमाडौँ । नेपाली फिल्म ‘बेहुली फ्रम मेघौली’ को गीत ‘उडायो मन’ सार्वजनिक भएको छ । इन्द्रकला राईको स्वर रहेको गीतमा जयन जे वाइवाको शब्द संगीत र संगीत संयोजन छ।

गीतमा नेपालीसँगै थारु भाषाको गीतसमेत समेटिएको छ। गीतका मूल सर्जक केशवराज महतो हुन् भने थारु शब्दको पुनर्लेखन अशोक थनेतले गरेका हुन् ।

गीतको भिडियोमा फिल्मकी शीर्ष अभिनेत्री स्वस्तिमा खड्का मुख्यरुपमा फिचर भएकी छन् । घटस्थापनामा प्रदर्शन हुने फिल्म साजन काफ्ले र आकाश बरालको लेखन तथा निर्देशनमा बनेको छ ।

फिल्ममा निश्चल र स्वस्तिमाका अलवा बसुन्धरा भुसाल, बिजय बराल, सिमरन खड्का, लोकेन्द्र लेखक, रक्षा थापा, सिरु बिष्ट, आमिर गौतम, शिशिर शिवाकोटी, टीका पहारी, प्रभाकर शर्मा, लुनिभा तुलाधर, मुकुन्द मैनाली र रामबाबु रेग्मीको अभिनय छ । ब्ल्याक हर्स पिक्चर्स र मेघौली फिल्मस्को ब्यानरमा निर्माण भएको हो।

Embed Video

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा