रामजी पौडेलको तीज गीत ‘बिर्सन सक्छौ र…’



पोखरा । वर्तमान नेपालको अवस्था, सयम सन्न्दर्भ र वास्तविकतालाई चित्रण गर्दै लोक दोहोरी गायक रामजी पौडेलले नयाँ तीजको गीत सार्वजनिक गरेका छन् । गत मंगलबार आफ्नै अफिसियल युट्युब च्यानल रामजी पौडेलबाट बजारमा आएको गीत बिर्सन सक्छौ र…मा रामजी आफैको शब्द, लय र स्वर रहेको छ ।

गीतमा अन्य चर्चित लोकदोहोरी गायक गायिकाहरु चोलेन्द्र पौडेल, घनश्याम रिजाल, माया गुरुङ, सीता केसी र सरस्वती लामिछानेले स्वर दिएका छन् । विगत दुई दशकदेखि पोखरालाई कर्मथलो बनाएर लोक दोहोरी गायन क्षेत्रमा आफ्नै बेग्लै स्थान बनाउन सफल गायक रामजी पौडेलले यस अघि पनि दर्जनौ चर्चित लोकदोहोरी गीत, भजन र लाईभ दोहोरीहरु मार्फत गीत संगीतप्रेमी दर्शकहरुको मन जित्न सफल भएका छन् ।

लाईभ दोहोरीमा झनै अब्बल उनले हालसम्म सुन मेरी काली, निहुँ नखोज सानी, नाँच नाँच भन्छौ नि कान्छा.., तिमी खोली म त बगर, कस्तो होला भोलि.., बाचा कसम तोडेर जानेलाई, साह्रै दुख्यो मन, कोदो रोप्न जाम, आउँला जादा भेटौला, आउ शिव लिन, यस्ता आए जमाना…लगायतका दर्जनौ चर्चित गीतहरु श्रोतामाझ ल्याई सकेका छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सचिव समेत रहेका पौडेले दर्जनौ म्यूजिक अवार्ड र सम्मानहरु हात पारेका छन् ।

हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको विशेष अवसर पारेर सार्वजनिक गरिएको गीतमा दैनिक विदेशिन बाध्य नेपालीहरु अवस्था र उनिहरुका परिवारले घरमा बसेर भोग्नु परेको पर्खाई, पीडा र आशालाई यथार्थमा चित्रण गरिएको छ ।

एक चिम्टी सिन्दुर छर्केर गयो,
जवानी उसलाई पर्खेरै गयो,
बिर्सन सक्छौ र जन्मिएको ठाउँ,

ए प्यारा आउन आऊ शुल्य भयो गाउँ,

अत्यन्तै मर्मस्पर्शी शब्द, लय रहेको यस गीतले विदेशमा विभिन्न कारणले बसेका र पलायन भएका लाखौं नेपाली युवायुवती र उनिहरुको परिवारको पीडालाई दर्शाएको छ ।

गीतमा एरेन्ज कृष्ण केसी र रेकर्डिस्ट आकाश नेपाली रहेका छन् भने म्युजिक भिडियोको निर्देशक सिनेमाटोग्राफर दुर्गा पौडेल र सम्पादन नवीन घर्ती मगरले गरेका छन् । गीतको भिडियोमा स्वंय रामजी पौडेल, चोलेन्द्र पौडेल लगायतका गायक गायिका र अन्य कलाकारहरुले अभिनय गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
याङ्वरकका २३ युवालाई केलाङ नृत्य प्रशिक्षण

पाँचथर । पाँचथरको याङ्वरक गाउँपालिकाले २३ जना युवायुवतीलाई केलाङ (च्याब्रुङ) नृत्य प्रशिक्षण दिइएको

चलचित्र ‘रिमै’को फस्र्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । चलचित्र ‘रिमै’ आगामी भदौ २७ मा प्रदर्शन हुने भएको छ ।

बुद्धिसागरको कथामा चलचित्र निर्माण

काठमाडौँ । ‘कर्णाली ब्लूज’, ‘फिरफिरे’, ‘एक्लो’ जस्ता चर्चित उपन्यासका लेखक तथा कवि बुद्धिसागरको

चलचित्रमा काम गरेर नाटकघर चलाउने मेरो योजना नै थियो : अभिनेता दयाहाङ राई(अन्तरवार्ता)

काठमाडौं । भोजपुरको खावा गाउँबाट लाहुर जाने उद्देश्यका साथ काठमाडौँ आइपुग्नुभएका दयाहाङ राई