गायक यश कुमारको आत्महत्या दुरुत्साहनबिरुद्धको गीत ‘हिरो’



काठमाडौं । गायक यश कुमारले नयाँ गीत ‘हिरो’ बजारमा ल्याएका छन् । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा गायक यश कुमारको नै शब्द, संगीत र स्वर सुन्न सकिन्छ । यो गीतको भिडियोमा अभिनेत्री गरिमा शर्मा, दिपेन्द्र सोनाम र रोजेन सुन्दासको अभिनय रहेको छ ।

साथै गीतको भिडियोमा गायक यश कुमार पनि अतिथि भुमिका देखिएका छन् । यो गीतको भिडियोलाई निर्देशक निकेश खड्काले निर्देशन गरेका हुन् । यो उनको यशसँग पाँचौं सहकार्य हो । यश र निकेश एकअर्कालाई आफ्नो लक्की चार्म मान्ने गर्छन् । पाँचौ सहकार्य पनि फलदायी हुने विश्वास उनीहरुको छ ।

‘हिरो’ गीतको भिडियो मार्फत गायक यश कुमारले आत्माहत्या दुरुत्साहनको मुद्धा उठान गरेका छन् । पछिल्लो समय सानो सानो कुरालाई लिएर आत्माहत्याका केशहरु बढिरहेकाले पनि आफूलाई यो मुद्धा उठाउनु पर्छ भन्ने लागेकाले हिरो गीत निर्माण गरेको बताए ।

यो गीतमा हरि हुँमागाईको छायाँकन, विकास धमलाको सम्पादन रहेको छ । यस्तै, गायक यश कुमारले आफ्नो २६ वर्ष पुरानको सुपरहिट गीत हिजो अर्कैसँग देखेको फिमेल भर्सन समेत सार्वजनिक गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘चलचित्रले अहिले विस्तारै हाम्रो संस्कृतिमा प्रभाव परिरहेको छ’

काठमाडौं । चलचित्र एक सशक्त माध्यम हो । जसले भाषा र संस्कृतिको प्रवद्र्धनमा

मण्डलामा ‘मञ्जिरा’ को मञ्चन

काठमाडौं । थापागाउँस्थित मण्डला नाटकघरमा नाटक ‘मञ्जिरा’ को नियमित मञ्चन सुरु भएको छ

स्वरूपराज आचार्यको ‘स्वर्ग यहीँ लुकेको छ’

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा गीतकार डा भीष्मकुमार भुसालद्वारा रचित दुुई सन्देशमूलक गीत

‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा