अर्जुन बराइली र चन्द्र सुनारको ‘सिमसिमे पानी’



 

काठमाडौँ । मनसुन मौसमलाई उत्सव मनाउँदै मोडल निशु श्रीपालीद्वारा अभिनित ‘सिमसिमे पानी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

कोहलपुर घर भएकी श्रीपालीको यो पहिलो म्युजिक भिडियो हो । नृत्य र मोडलिङ क्षेत्रमा करिअर बनाउने उदेश्यका साथ युट्युबमार्फत म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् । म्युजिक भिडियोमा श्रीपालीसँगै रमेश नेप्किङको अभिनय छ । साथै गीतमा अर्जुन बराइली र चन्द्र सुनार स्वर रहेको छ ।

निरज रासकोटीले म्युजिक भिडियोको सङ्गीत संयोजन र एरेन्ज गरेका छन् भने रासकोटीले नै निर्देशन र सम्पादन गरेका छन् । धीरज खड्काको कोरियोग्राफी रहेको म्युजिक भिडियोमा दुई प्रेमीको वर्षातमा हुने रोमाञ्चक भाव कथा शैलीमा प्रस्तुत गरिएको छ ।

२३ वर्षीया मोडल श्रीपालीले पहिलो म्युजिक भिडियोको प्रभाव बढेपछि तीज गीतमा समेत भिडियो बनाउने अवसर आएको बताइन् । उनले तीजकै लक्षित शान्ति श्री परियारको तीज गीतमा म्युजिक भिडियो बनाउन लागेको बताइन् । “तीजका लागि थुपै्र अन्य म्युजिक भिडियोमा अभिनय गर्ने अवसर आएका छन्”, उनले भनिन्, “यसले मेरो अभिनय रुचि बढाउन हौसला मिलेको छ ।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्चामा चलचित्र ‘ज्वाइँ साब’

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ। चलचित्रको

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुने

  काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते

‘होस्टेल ३’ को शुभमुहूर्त

काठमाडौं । नेपाली फिल्म ‘होस्टेल ३’ को छायाँकन सुरु भएको छ । आइतबार

शान्तिश्रीको ‘मनको शान्ति’

काठमाडौं । दोहोरी गायक अमृत अधिकारीले ‘मनको शान्ति’ बोलको गीत ल्याएका छन् ।