शान्तीश्री र अन्जलीको सहकार्यमा ‘यसपालीको तीजमा’



काठमाडौं । गायिका शान्तीश्रीको स्वर रहेको ‘यसपालीको तीजमा’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । हिन्दू नेपालीहरुको महान पर्व तीज नजिकिएसँगै ज्योतिष पण्डित डाक्टर रुद्रनाथ अधिकारीको शब्द सृजना रहेको सार्वजनिक गीतमा गाउँ घरमा बोलिँदै आएका मौलिक शब्द सृजना समावेश गरिएको गीतमा मार्मिक शब्द, शब्दका मर्म र भावलाई उजागर गर्ने प्रयत्न गरिएको छ ।

गाउँ घरमा तीजको माहोलमा गरिने रमाइलोलाई देखाउँदै भगवान शिवलाई यस विशेष पर्वमा खुसी पार्ने कुरा र माइती गएकी चेलीका लागि आमाको महत्वलाई गीतकार डाक्टर अधिकारीले वर्णन गरेका छन् ।

गीतमा संगीत रिमेश कुमार थापाको रहेको छ। पछिल्ला दिनमा तीजका गीतमा बिकृति बढेको भन्दै गुनासोहरु आइरहेका बेला यो गीतमा भने मौलिक विषयवस्तु उठाइएको निर्माण यूनिट बताउँछ।

कृष्णदेव रुपाखेतीको निर्देशनमा तयार भएको गीतमा लोकप्रिय मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ। जसमा उत्सव दाहालको छायाँकन तथा विकास ज्ञवालीको सम्पादन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्चामा चलचित्र ‘ज्वाइँ साब’

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ। चलचित्रको

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुने

  काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते

‘होस्टेल ३’ को शुभमुहूर्त

काठमाडौं । नेपाली फिल्म ‘होस्टेल ३’ को छायाँकन सुरु भएको छ । आइतबार

शान्तिश्रीको ‘मनको शान्ति’

काठमाडौं । दोहोरी गायक अमृत अधिकारीले ‘मनको शान्ति’ बोलको गीत ल्याएका छन् ।