ज्योतिष पण्डित रुद्रनाथ अधिकारीको ‘यसपालीको तीज’(भिडियोसहित)



काठमाडौं । उसो त हर मान्छे कुनै न कुनै रुपमा सृजनशील क्षमताका साथ जन्मे हुर्केको हुन्छ । कसैको सृजनशील क्षमता सानैदेखि अनुकुल वातावरणमा प्रष्फुटित हुदै आउँछ, कसैको त्यही सृजनशील क्षमता अंकुराउन र पूmल्न फक्रन निश्चित समय पर्खिनुपर्छ ।

त्यसमा पनि गीत संगीतको दुनियाँ यस्तो हो, जो हरमान्छेसँग अन्तरनिहित हुन्छ । त्यो कसैको पेशा बन्छ भने कसैकसैका लागि सौखको सृजना ।

हो, वाल्यकालदेखि नै गीत संगीतप्रति अगाथ आस्था रहेर पनि जीवन भोगाईका कारण खुलेर गीत सृजना गर्न नभ्याएका एक सामाजिक व्यक्तित्व अहिले जीवनको उत्तराद्र्धकालमा आए भने गीतकारका रुपमा उदाएका छन् । नेपाली गीत संगीत बजारमा एक नयाँ सर्जक आफ्ना मौलिक र मार्मिक सृजनाहरुसहित अब अवतरत भएका छन् आफ्नै नाम र पहिचान बोकेर । उनी हुन् गीतकार रुद्रनाथ अधिकारी ।

उसो त रुद्रनाथ अधिकारीको आफ्नै स्थापित पहिचान पहिल्यैदेखि छ । ज्योतिषशास्त्रका नेपाली हिरोहरुका भीडमा आफैंमा एक सिद्धहस्त नाम हो पण्डित रुद्रनाथ अधिकारी । पण्डित अधिकारी सर्जक बनिदिँदा नेपाली गीत संगीत दुनियाँले पाएको छ, नयाँ सांगीतिक सौगात ‘यसपालीको तीज’।

। म्यूजिक भिडियोसहितका अधिकारीका गीतहरु असार २४ गते एक भव्य र सभ्य समारोहका वीच सार्वजनिक गरिएका छन् । शब्द, संगीत र स्वरको त्रिवेणीबाट बन्ने कुनै पनि नयाँ गीत संगीत पारखीहरुक लागि अनुपम उपहार हुन् । झन् यही क्षेत्रमा लागेकाहरुका लागि ती वरदान नै हुन् । म्यूजिक भिडियोसहित बजारमा आफ्ना गीतहरु उपहार दिएर पण्डित अधिकारीले आफ्नो नयाँ छबी र पहिचान मात्र थपेका छ्रैनन्, नयाँ पुस्तालाई, संगीत पारखीहरुलाई उर्जा र प्रेरणा थपेका छन् ।

जिन्दगीको आरोह अवरोहहरुका क्रममा खाएका हण्डर, खेपेको दुःख कष्ट, पीडा, रोदन, आशु, हाँसो, हातपारेका सफलतादेखि झेलेका हर अनुभूतिहरुको गीति अभिव्यक्ति हुन् गीतकार अधिकारीका सार्वजनिक भएका गीतहरु । अब अब ती गीतहरु दर्शक, स्रोताहरुको बीचमा पुगेका छन् । ख्यातिप्राप्त पण्डित अधिकारीको गीति उपहार दर्शक, स्रोतको रोजाईमा पर्ने उनको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चर्चामा चलचित्र ‘ज्वाइँ साब’

काठमाडौं । वसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘ज्वाइँ साब’ अहिले चर्चामा छ। चलचित्रको

दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’ हुने

  काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा आगामी असोज ३ गते

‘होस्टेल ३’ को शुभमुहूर्त

काठमाडौं । नेपाली फिल्म ‘होस्टेल ३’ को छायाँकन सुरु भएको छ । आइतबार

शान्तिश्रीको ‘मनको शान्ति’

काठमाडौं । दोहोरी गायक अमृत अधिकारीले ‘मनको शान्ति’ बोलको गीत ल्याएका छन् ।