मौलिक घाँसे भाका ‘असार १५’ लिएर आए राजेश ढकाल



 

काठमाडौँ । गायक राजेश ढकालको मौलिक घाँसे भाकामा सार्वजनिक भएको ‘असार १५’ बोलको गीत छोटो समयमा डिजिटल बजारमा ‘ट्रेन्डिङ’को २७औँ स्थानमा रहन सफल भएको छ ।

काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ मा जन्मिएका लोकदोहोरी गायक ढकाल दुई दशकदेखि नेपाली लोक साङ्गीतिक क्षेत्रमा छन् ।
उनका ‘रातो साडी पानबुट्टेचोली हे बैगुनी’, ‘दुई खोली दोभान’, ‘घरमाइत’, ‘नाची देउ छमछमी’लगायत दर्जनौँ गीत लोकप्रिय छन् ।

गतवर्ष पनि ढकालको असार विशेष मौलिक असारे घासे भाकामा ‘गैह्री खेतको रोपाइँ’ बोलको गीत चर्चामा थियो । ‘असार १५’ गीतमा गायिकाद्वय प्रतिमा अर्याल र सरु गौतमले साथ दिएका छन् ।

गीतमा संयोजन विष्णु तामाङ, मिलन श्रेष्ठ म्युजिक भिडियो निर्देशन र भिडियो सम्पादन रोशन धितालको रहेको छ । सन्कारा डिजिटलमा उक्त गीत सागर पुनले रेकर्ड गर्नुभएको छ भने कुमार पुनको ‘मिक्सिङ’ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा

काठमाडौँ। गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

कमलकुमार बस्नेत, काठमाडौं । घर सम्झँदा तपाईंको मनमा के आउँछ ? न्यानोपनको आभास

रङ्गमञ्चमा रेखाको इन्ट्री

–अशेष अधिकारी काठमाडौंं । करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार

सहकारी पीडितलाई देखाइयो ‘महाभोज’

काठमाडौं । सहकारी संस्थाको रकम अपचलन भएको विषयलाई लिएर तयार गरिएको चलचित्र ‘महाभोज’