‘सुस्तरी’ लिएर आए करण परियार
काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक भएको छ । मंगलबार सार्वजनिक ‘सुस्तरी’ बोलको गीतमा अभिनेता आकाश श्रेष्ठ र मोडल प्रिज्मा खतिवडाको अभिनय गरेका छन् ।
भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन्। प्रदीप चापागाईँको प्रस्तुति रहेको गीतमा उनकै शब्द छ । सिडी विजय अधिकारीको संगीत रचना रहेको गीतलाई कुशल सिंहले एरेन्ज गरेका हुन्। भिडियोलाई बुद्ध थापाले छायाँकन र विकास धमलाले सम्पादन गरेका हुन्।