आलोकश्रीको संगीतमा ‘एउटा जून..’



काठमाडौं । गायक प्रह्लाद तिमिल्सिनाको नयाँ गीत ‘एउटा जून..’ सार्वजनिक भएको छ । गीतलाई संगीतकार आलोकश्रीले संगीतबद्ध गरेका छन् ।

गीतमा वरिष्ठ गीतकार टेक तामाङले मर्मस्पर्शी शब्दहरु रचना गरेका हुन् । गुञ्जन स्टुडियोमा रेकर्ड गरिएको गीतमा नरेन्द्र बियोगीको संगीत संयोजन छ ।

सुशील विक्रम शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । गायक तिमिल्सिनाकै आधिकारिक युट्युब च्यानल प्रह्लाद तिमिल्सिनामार्फत सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि तयार गरिएको छ ।

सुव्रत आचार्यले भिडियोको निर्देशन गरेका छन् भने जया शर्मा क्रिएटिभ डाइरेक्टरको रुपमा छिन् । भिडियोमा ऋचा थापा तथा प्रतात पाल ठकुरीको जोडीलाई फिचर गरिएको छ । उत्सव दाहालद्वारा छायाँकन गरिएको भिडियोमा विष्णु खड्काको सम्पादन तथा कलर करेक्सन छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘तै चुप मै चुप’ बनाउँदै घनश्याम

काठमाडौँ । फिल्म ‘तै चुप मै चुप’ निर्माणको घोषणा गरिएको छ। घनश्याम लामिछानेको

‘सुस्तरी’ लिएर आए करण परियार

काठमाडौं । नेपाल आइडल सिजन ५ का विजेता करण परियारको पहिलो गीत सार्वजनिक

‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर

काठमाडौं । राजु गिरीको निर्देशनमा निर्माण भएको फिल्म ‘नम्बरी सुन’को प्रदर्शन मिति हेरफेर

‘कौसी क्वीन’ को उपाधि अन्जना जोशीलाई

काठमाडौँ । कौसीखेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले काठमाडौँमा कौसी क्वीन–२०८१ सम्पन्न भएको छ ।