फलेंसा रघुवंशीलाई यसवर्षको ‘सव–टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’



 

काठमाडौँ  । यसवर्षको ‘सव–टाइटल ट्यालेन्ट ड्रेसेज फोटोजेनिक पुरस्कार’ फलेंसा रघुवंशीलाई प्रदान गरिएको छ । बालबालिकाको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले आयोजना गरिएको मिस्टर एण्ड मिसेस जुनियर र सिनियर आइडल–२०२४ मा उनलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

स्पार्क इन्टरटेन्टमेन्टले आयोजना गरेको उक्त प्रतियोगितामा ३१ जना बालबालिकाको सहभागिता थियो । बाह्र वर्षे फलेंसा रघुवंशीले ट्यालेन्ट राउन्डमा भरतनाट्य नृत्य अन्तर्गत पुष्पांजलि र महिषासुर मर्दिनीको उत्कृष्ट प्रस्तुती गरेकाले पुरस्कृत गरिएको हो ।

फलेंसाले क्लासिक कल्चर सेन्टरमा विगत पाँच वर्षेदेखि  स्वजन रघुवंशी र प्रमिला श्रेष्ठसँग भरत नाट्यमा लोक तथा चर्या नृत्य सिकेकी थिइन् ।  कक्षा ८ मा अध्यनरत फलेंसाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न मञ्चमा  समेत नृत्य प्रस्तुत गर्दै आएकी छन् ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार