‘साँझ पर्नुअघि’ मा राम, पूर्णिमा र विजयको रोमान्स



काठमाडौं । १४ वर्षअघि लाखौ कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ‘साझँ पर्नु अघि ’गीतको भिडियो सार्वजनिक भएको छ ।

यथार्थ कथामा निर्माण भएको गीति भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । लामा एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन् ।

साथी भेट्न गएकी प्रेमी आफूलाई गोधुली साँझ हुँदा पनि नआएको अवस्थामा गीतमा चित्रण गरिएको छ । आफ्नो प्रेमिकाले अर्काको अँगालोमा बेरिँदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ ।

आफनो मायालाई सुन्दर ठाउँ पुर्याउनको लागि अग्रसर भएको अवस्थामा छोडेर प्रेमिका जाँदा आफूलाई अप्ठ्यारो महसुस भएको कुरा गीतमा गरिएको छ ।

सरोजराज गिरीको छायाँकन, रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ । भिडियोमा राम स्यानताङ, पूर्णिमा मगर, विजय लामाको फिचरिङमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मन हुन्छ अमिलो खल्ती छाम्दा नि, दुई पैसा कहीँबाट छैन आम्दानी…’

गण्डकी । ‘महँगी बढेर सेक्यो ढाड पनि गरिबै रुवाउन आउँछन् चाड पनि रित्तो

फिल्म ‘नरसिंहाः अवतार’मार्फत राजेश हमालको ‘कमब्याक’

काठमाडौं । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘नरसिंहाः अवतार’को शुभमुहूर्त गरिएको छ

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका

लमजुङ । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग

यस्तो छ ‘डिएनए’ को टिजर

काठमाडौं । फिल्म ‘डिएनए’ को टिजर सार्वजनिक गरिएको छ । टिजरमा नव अभिनेता