राष्ट्रिय युवा गायन प्रतियोगिताको उपाधि दीपक कालीराजलाई



काठमाडौँ । राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम भएका छन् । बिहीबार भएको अन्तिम प्रतिस्पर्धामा दुई प्रतिस्पर्धीलाई पछि पार्दै कालीराजले प्रथम स्थान हासिल गरेका हुन् ।

प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रुपन्देहीका सुरज खातीले तृतीय स्थान हासिल गर्न सफल भए । युवा तथा खेलकुद मन्त्रालय, परिषद्को आयोजना र मिसन सञ्चार मल्टिमिडिया प्रालिको सहआयोजनामा प्रतियोगिता आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले प्रतियोगिताको विजेता कालीराजलाई विजेताको ट्रफी, प्रमाणपत्र हस्तान्तरण गरे ।

मिसन सञ्चार मल्टिमिडियाका अध्यक्ष पार्वती चापागाईंले विजेतालाई नयाँ गीत रेकर्डिङको लागि सम्झौतापत्र प्रदान गरिन् ।

विजेताको रेकर्ड गरिने नयाँ गीतको शब्द रचनाका लागि गीतकार बी पाण्डे, सुमन बैरागी र गणेश सुवेदीलाई साथै सङ्गीत भर्नका लागि सङ्गीतकार बीपी वाग्लेलाई जिम्मेवारी दिइएको थियो ।

गायन रियालिटी सोमा १६ देखि ४० वर्ष उमेरका देशभरबाट ६५ युवाले सहभागिता जनाएका थिए । डिजिटल अडिसनमा सहभागी प्रतिस्पर्धी मध्येबाट २१ जना छनौट गरी फिजिकल अडिसन अर्थात फिजिकल प्रतिस्पर्धाका लागि राजधानी काठमाडौँ बोलाइएको थियो ।

सोही २१ जना प्रतिस्पर्धी मध्येबाट शीर्ष नौ, शीर्ष छ र शीर्ष तीन गरी विजेताको टुङ्गो लगाइएको थियो । प्रतियोगितामा सङ्गीतकार बीपी वाग्ले, लोक गायिका देवी घर्तीमगर र गायक भद्र वलीले निर्णायकको भूमिका निभाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार