‘रोड थ्रिलर’ विधामा बन्यो ‘बाटोः रोड टु डेथ’



काठमाडौँ । नेपालमा पछिल्लो समय फरक फरक विधामा चलचित्र बनिरहेका छन् । सामाजिक, हाँस्य विधामा बन्ने चलचित्रको सङ्ख्या बढी भए पनि केही निर्देशकले नयाँ विधा दर्शकसामु ल्याइरहेका छन् । केही साता अघि मात्र प्रदर्शन भएको चलचित्र ‘फर्की फर्की’ मा ‘टाइमलुप’को प्रयोग गरिएको थियो । जसलाई दर्शकले रुचाए ।

यही जेठ ३२ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘बाटोः रोड टु डेथ’ नेपालमा पहिलोपटक ‘रोड थ्रिलर’ विधामा तयार गरिएको सोही चलचित्रका अभिनेता उत्पल झाले बताए ।

“नेपालमै यो विधामा चलचित्र निर्माण भए जस्तो लाग्दैन । केही नयाँ गर्ने प्रयास हामीले गरेका छौँ । कोरोना महामारीको समयमा एउटा यात्रा तय गर्नुपर्ने हुन्छ । त्यही यात्रामा भेटिने साथी र हुने घटनाक्रमलाई चलचित्रमा प्रस्तुत गरिएको छ । यो एउटा यात्राको कथा हो”, अभिनेता झाले भने ।

अभिनेता झा रङ्गमञ्चबाट चलचित्रमा अभिनय सुरुवात गर्दैछन् । विज्ञान विषयको विद्यार्थी भए पनि चलचित्रसम्बन्धी अध्ययन गराइने संस्था अस्कर कलेजमा अध्ययन गरेर रङ्गमञ्च हुँदै उनी अभियनमा आएका हुन् । उनी ‘बाटोः रोड टु डेथ’ मा सुरुमा ‘कास्टिङ डिरेक्टर’ को रुपमा जोडिएका थिए ।

“मैले निर्देशन पढेको छु । धेरै नाटकमा अभिनय गरेपछि यस चलचित्रमा मलाई ‘कास्टिङ डिरेक्टर’को जिम्मेवारी दिइयो । निर्देशक र निर्माताले मेरो काम हेर्नुभएकाले एउटा भूमिका गर्न आग्रह गर्नुभयो । नयाँ विषय र प्रयोग भएकाले मैले पनि चलचित्रमा आउने उपयुक्त समय देखेर अभिनय गरेको हुँ”, उनले भने ।

उनले चलचित्रमा मञ्जिल केसीको भूमिका निर्वाह गरेका छन् । आफ्नै बाध्यताले कोरोनाको बन्दाबन्दीमा एउटा यात्रा गर्नै पर्ने बाध्यता र त्यहाँ भेटिने पात्रसँगै बाटोमा सामना गर्नुपर्ने अप्रत्यासित असामान्य गतिविधिमा चलचित्रको कथावस्तु केन्द्रित छ ।

चलचित्रमा झासँगै मिथिला शर्मा, आशान्त शर्मा, सुलक्षण भारती, रक्षा थापा, विजय आनन्द ताम्राकार, राजेन थापालगायतका कलाकारले अभिनय गरेका छन् । मदन थापाको लेखन र निर्देशन रहेको यस चलचित्रमा शरण ऋषिले छायाङ्कन, एनबी महर्जनले द्वन्द्व निर्देशन गरेका छन् । निर्देशक थापाले कथाको पात्रमा अभिनेता झा उपयुक्त लागेर नै अभिनयको प्रस्ताव गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

काठमाडौँ । शुक्रबारदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको

 अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको अवस्था

  काठमाडौँ । नेपाली चलचित्रले विसं २०८१ को सुरुवात भएसँगै नेपाल मात्र नभई

‘साँझ पर्नुअघि’ मा राम, पूर्णिमा र विजयको रोमान्स

काठमाडौं । १४ वर्षअघि लाखौ कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो गीतमा

‘घोसे मोरी’ लिएर आइन् कल्पना परियार

काठमाडौँ । राजाराम कोइराला र कल्पना परियारको अभिनयमा ‘घोसे मोरी’ बोलको लोकदोहोरी गीत