‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुहुर्त



काठमाडौं । फिल्म ‘अस्ट्रेलियन दुल्हा’ को शुभ–मुहुर्त गरिएको छ । पूर्वी चितवनको रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै फिल्मको शुभ–मुहुर्त गरिएको हो । फिल्मको छायांकन आइतबारबाटै सुरु भएको छ ।

करिब २५ दिन छायाङ्कन सेड्युल रहेको यस फिल्मको छायाङ्कन चितवनका विभिन्न रमणिय स्थानहरूमा गरिँदैछ । नेपालीहरु अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथा फिल्मले बोल्नेछ ।

रेहान मियाको लेखन, निर्माण एवम् निर्देशनमा बन्न लागेको फिल्ममा किशोर खतिवडा, प्रविन आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ र बाल कलाकार अक्सा कोइरालाको अभिनय रहनेछ ।

करुणा फिल्मस् तथा म्याङ्गो प्लेजर प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्ममा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, रवी कोइरालाको छायांकन छ । कृष्णराज अर्याल प्रस्तुतकर्ता रहेको फिल्ममा उमेश अधिकारी (आर्य) सहनिर्माता छन् ।

फिल्ममा करण साउदको मुख्य सहायक निर्देशन, राजन मोक्तानको सहायक निर्देशन, देव महर्जनको द्वन्द्व र किशोर चौधरीको नृत्य रहनेछ । मुहुर्तमा राम रिमाल, मिलन लामाले फिल्मको सफलताको कामना व्यक्त गरेका थिए । फिल्म आगामी तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संगीत गैरेको ‘उद्यमी’

काठमाडौं । बुटवलका युवा उद्यमी संगीत गैरेले ‘उद्यमी’ बोलको गीत ल्याएका छन् ।

भरतचन्द्र गुरुङको तामाङ सेलो ‘आम्बोइ नि’

  काठमाडौँ । नेपाली सेनाका अवकास प्राप्त मानार्थ उपरथी भरतचन्द्र गुरुङको स्वरमा तामाङ

चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

काठमाडौं । यही असोज ११ गतेदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘आँखा’को ट्रेलर सार्वजनिक

आईसीसी सिड्नी थिएटरमा ‘१९७४ एडी’ को ऐतिहासिक प्रस्तुति

काठमाडौं ।  चर्चित ब्यान्ड १९७४ एडी ले अष्ट्रेलियास्थित सिड्नीको आईसीसी थिएटरमा पहिलोपटक सांगीतिक