चेपाङको कथामा बन्यो ‘पचेडा’



काठमाडौँ । मकवानपुरको मनहरी गाउँपालिका–४ स्थित नयाँबस्तीमा बसोबास गर्ने चेपाङ समुदायको कथामा वृतचित्र ‘पचेडा’ तयार गरिएको छ ।

साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) निर्देशनमा सक्रिय रहेका दीपेन्द्र केसीले सो बस्तीमा बसोबास गर्ने सन्तलाल चेपाङको जीवनीमा आधारित रहेर उक्त वृतचित्रमा तयार गरेका हुन् ।

वृतचित्रको श्रव्यदृश्य सार्वजनिक गर्दै निर्देशक केसीले एक परिवारको भोगाइ र जीविकोपार्जनका लागि गरिएको सङ्घर्षलाई प्रस्तुत गरिएको बताए।

“हामीले नजरअन्दाज गरेको कथालाई वृतचित्रको माध्यमबाट आममानिससम्म ल्याउँदैछु”, उनले भने, “चेपाङका बारेमा कमै कथाहरू भेटेपछि यसमै वृतचित्र बनाउने निर्णय लिएर काम सुरु गरेँ ।”

“वृतचित्र तयार गर्दा उक्त परिवारको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ । मेरो उद्देश्य नै उनीहरूको जीवन र समुदायका कथा र पीडा आममानिस माझ ल्याउनु हो”, निर्देशक केसीले भने ।

निर्देशक केसीले वृतचित्रमा ‘चेपाङ जङ्गलमै किन बसिरहेका छन् ?’, ‘उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ?’ भन्ने प्रश्नको जवाफ खोजिएको बताए । उक्त वृतचित्रलाई सोही चेपाङ बस्तीसँगै विदेशमा प्रदर्शनी गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘परी’को शुभमुहुर्त

काठमाडौं । नेपाली फिल्म ‘परी’को शुभमुहुर्त भएको छ । काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा

पुर्खाको सम्झना र प्रकृतिको आराधनामा धुमधामः उभौली साकेला

सङ्गीता राई, धरान । सानोमा सानो सिक्किमे भाले कर्दैमा जनले रेटौँ । दिनैमा

‘प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’द्वारा पुरस्कार घोषणा

काठमाडौँ। गायक प्रेमध्वज प्रधानको जन्मजयन्तीको अवसर पारेर ‘गोल्डन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठान’ले

के घर के डेराः घर नं २, वर्तमान नेपालको अर्थ- सामाजिक चित्र

कमलकुमार बस्नेत, काठमाडौं । घर सम्झँदा तपाईंको मनमा के आउँछ ? न्यानोपनको आभास