यस्तो छ ‘बेहुली फ्रम मेघौली’ को फर्स्टलुक पोस्टर



काठमाडौँ । आगामी दशैंमा प्रदर्शन हुन लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा फिल्मकी मुख्य अभिनेत्री स्वस्तिमा खड्का साडी र चोलीमा सजिएर उभिएर ट्याक्टर चलिरहेको देखाइएको छ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमाको अपोजिटमा उनकै श्रीमान् तथा अभिनेता निश्चल बस्नेत रहेका छन् ।

आमिर गौतम, विजय बराल, सिम्रन खड्का लगायतको पनि अभिनय रहेको फिल्मले एक बेहुलीको कथा भन्नेछ । चितवनको मेघौलीमा छायांकन गरिएको यो फिल्मलाई दशैंमा ल्याउने घोषणा गरिए पनि यकिन मिति तय गरिएको छैन ।

स्वस्तिमा खड्का र निश्चल बस्नेतको निर्माण रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् । स्वस्तिमाले पहिलोपटक फिल्म निर्माणको अनुभव लिएकी हुन् । फिल्ममा निर्देशकद्वय आकाश र साजनको संयुक्त लेखन छ । उनीहरुले यही फिल्मबाट निर्देशनमा डेब्यु गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार