असारमा ‘नेपाल-अफ्रिका चलचित्र महोत्सव’ हुने



काठमाडौँ । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा आगामी असारमा ‘१२औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२४’ हुने भएको छ ।

असार ७ देखि ९ गतेसम्म काठमाडौँमा गरिने महोत्सवको तयारी अन्तिम चरणमा पुगेको महोत्सव निर्देशक डब्बु क्षेत्रीले जानकारी दिए । “नेपाल र अफ्रिकाको संस्कृति आदनप्रदानसँगै चलचित्रबाट दुई फरक महाद्धीपलाई जोड्ने उद्देश्यले महोत्सव आयोजना गर्दै आइएको छ । महोत्सवले हामीलाई अफ्रिकाबारे बुझ्न मद्दत गर्छ । सो अवसरमा नेपाली चलचित्र, लघु चलचित्र, वृत्तचित्र पनि प्रदर्शन हुनेछ”, निर्देशक क्षेत्रीले भने ।

उनले यही जेठ १५ गतेसम्म नेपाली चलचित्रकर्मीलाई दर्ताका लागि समय दिइएको जानकारी दिए । महोत्सवमा चलचित्र प्रदर्शनका साथै चलचित्र कार्यशाला, नेपाली चलचित्रको विषयमा अन्तक्रियालगायतका विभिन्न कार्यक्रम हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार