प्रिमियर शोको प्रतिक्रियाले ‘फर्की फर्की’को टीम उत्साहित



काठमाडौं । बुद्ध जयन्तीको अवसर पारेर बिहीबारबाट रिलिज भएको फिल्म ‘फर्की फर्की’ले राजधानीमा बुधबार साँझ भव्य प्रिमियर गरेको छ ।

राजधानीको कमलपोखरीस्थित बिग मुभिजमा भएको प्रिमियरमा अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म हेर्न फिल्मकर्मी, पत्रकार, सञ्चारकर्मी तथा लब्धप्रतिष्ठित व्यक्तिको बाक्लो उपस्थिति थियो । प्रिमियर पछि अधिकांशले फिल्मको कथावस्तु, कलाकारको अभिनय, निर्देशकको कामको तारिफ गरेका थिए ।

अभिनेता हरिवंश आचार्यले नेपालमा कोरियन प्याटर्नको नेपाली फिल्म बनेको महशुस भएको बताए । अभिनेता तथा निर्माता हरिहर अधिकारीले फिल्मले आफ्नो मन छोएको बताए ।

अभिनेता वीरेन श्रेष्ठले प्रेमकथाका फिल्म दर्शकले हेर्न नपाईरहेको समयमा ‘फर्की फर्की’ले त्यो तिर्सना मेटाउने बताए । ‘फिल्ममा नयाँ प्रयोग पाएँ । अनमोलको अभिनय गज्जब लाग्यो ।निर्माता सुनिलकुमार थापाले ठूलो क्यानभासमा फिल्म एकदमै राम्रो बनेको बताए ।

फिल्मका अभिनेता अनमोल केसीले हल भरिएका कारण आफूले फिल्म हेर्न नपाए पनि फिल्म हेर्नेको प्रतिक्रिया उत्कृष्ट पाएको बताए । फिल्म हेर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, निर्देशक दीपाश्री निरौला, निर्माता तथा अभिनेता दीपकराज गिरीलगायत पनि हल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार