कलाकार छिरिङ शेर्पा सगरमाथाको चुचुरोमा



काठमाडौँ । कलाकार छिरिङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । मोडल तथा कलाकार शेर्पाले आइतबार सगरमाथाको चुचुरोमा पुगी त्यहाँ आफ्नो आगामी चलचित्र ‘टासिदेलेक’को पहिलो पोष्टरसहित विभिन्न सङ्घसंस्थाका झण्डा पनि फहराएका थिए ।

सगरमाथाको सफल आरोहणपछि उनले जलवायु परिवर्तनबाट हिमाली भू–भागमा परेको असरलाई न्यूनीकरण गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा आवाज उठाउनुपर्ने बताए । सामाजिक सञ्जालमार्फत आरोहणको सन्देश दिँदै शेर्पाले राज्यले सगरमाथाको आरोहणबाट प्राप्त गरेको आम्दानीको केही हिस्सा हिमाली भेगको विकासका क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए ।

सो सन्देशमा उनले शेर्पा समुदायलाई हिमाल आरोहीका रुपमा मात्र व्याख्या नगरी उनीहरुलाई राज्यका हरेक संयन्त्रमा जोडिन सक्ने वातावरण सिर्जना गर्न पनि माग गरे । शेर्पाले यसै पनि भौगोलिकरुपमा विकट मानिएको हिमाली क्षेत्रलाई राज्यले विशेष प्राथमिकतामा राखेर योजना बनाइनुपर्ने भन्दै हिमाल आरोहीलाई तत्काल आधुनिक सूचना प्राप्त गर्नसक्ने संयन्त्र निर्माण गर्नुपर्नेमा जोड दिए ।

सन्देशमा कलाकार शेर्पाले हिमाली क्षेत्रको भाषा, कला, संस्कृति, रीतिरिवाज र चाडपर्वलाई जगेर्ना गरी राष्ट्रियस्तरमा यसको प्रवर्द्धन गर्नुुपर्ने तथा सगरमाथा आरोहणमा देखिएका चुनौती र चापलाई व्यवस्थित र मर्यादित बनाउन पहल गर्नुपर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘आचार्य’ र ‘दान्भी’ प्रदर्शनमा

काठमाडौँ । शुक्रबारदेखि दुई नेपाली चलचित्र ‘आचार्य’ र ‘दान्भी’ को प्रदर्शन सुरू गरिएको

 अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्रको अवस्था

  काठमाडौँ । नेपाली चलचित्रले विसं २०८१ को सुरुवात भएसँगै नेपाल मात्र नभई

‘साँझ पर्नुअघि’ मा राम, पूर्णिमा र विजयको रोमान्स

काठमाडौं । १४ वर्षअघि लाखौ कोसिस गर्दा पनि तिमीलाई भुल्न गाह्रो भो गीतमा

‘घोसे मोरी’ लिएर आइन् कल्पना परियार

काठमाडौँ । राजाराम कोइराला र कल्पना परियारको अभिनयमा ‘घोसे मोरी’ बोलको लोकदोहोरी गीत