चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुँदै



काठमाडौँ । स्वर्गीय भजन शिरोमणि भक्तराज आचार्यको जीवनीमा आधारित चलचित्र ‘आचार्य’ पुनः प्रदर्शन हुने भएको छ । स्व गायक आचार्यका छोरा सत्यराज आचार्यले चलचित्रलाई आगामी असार ७ गतेदेखि नेपालभर प्रदर्शन गरिने जानकारी दिए ।

“यो चलचित्र हामीले १३ वर्ष अगाडि नै प्रदर्शन गरेका थियौँ । त्यसबेला डिजिटल प्रविधिका चलचित्र भवन कम हुनुका साथै यस्ता चलचित्रका दर्शक कम थिए । अहिले बुबाको चलचित्रलाई पुनः प्रदर्शन गर्न आग्रह आएपछि हामीले प्रदर्शन गर्न लागेका हौँ”, गायक तथा अभिनेता आचार्यले भने ।

चलचित्रमा सत्यराज नै पिताको भूमिकामा छन् । चलचित्रमा स्व गायक आचार्यको जीवनीका हरेक पाटालाई देखाइएको उनले बताए । उनले भने, “यो बुबालाई एउटा श्रद्धाञ्जलि पनि हो । हामीले नयाँ चलचित्रझैँ यसको प्रदर्शन गर्दैछौँ । यो हेर्नेले बुबाको जीवनीलाई बुझ्न पाउनुहुनेछ ।”

स्वर्गीय आचार्यका छोरा गायक स्वरूपराज आचार्यले १३ वर्षअघिको समय चलचित्र प्रदर्शनका लागि सही समय नभएको बताए । उनले भने, “त्यस समयमा दर्शकको रोजाइमा परम्परागत चलचित्र पथ्र्यो । त्यो समय सही थिएन कि भन्ने हामीलाई लागिरहेको थियो । हामीले गत वर्ष केही शो गर्दा पनि यसलाई पुनः प्रदर्शन गर्न आग्रह गरिएको थियो । त्यसकारण पुनः प्रदर्शनको तयारी गरेका हौँ ।”

निर्देशक प्रशान्त रसाइलीले निर्देशन गर्नुभएको चलचित्रमा गायक आचार्यसँगै सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई, विपिन कार्की, सौगात मल्ललगायतका कलाकारले अभिनय गर्नुभएको छ । चलचित्रलाई पुनः सम्पादन गरी प्रदर्शन गरिनेछ । गायक आचार्यको ८२ वर्षको उमेरमा गत फागुन १४ गते निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रकाश सपुतको ‘वसन्त’को ‘साँझ पर्‍यो झमक्क’

काठमाडौं । आगामी चैत २२ गते प्रदर्शनमा आउने चलचित्र ‘वसन्त’को ‘साँझ पर्‍यो झमक्क’

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

काठमाडौं ।  सन् २०२४ को तथ्यांकलाई हेर्ने हो भने चीनमा ८६ हजार पर्दा

चिनियाँ चलचित्रकर्मीले नेपाललाई छायाङ्कन गन्तव्य बनाउनुपर्दछ : उपमहासचिव पुन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले चिनियाँ चलचित्रकर्मीलाई नेपाल आएर

नाजिर र सृष्टि वरपर घुमेको ‘केटी हराएको सूचना’ को ट्रेलर

काठमाडौं । दीपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङः केटी हराएको सूचना’ को नयाँ ट्रेलर