नाटक ‘म्यारिज प्रपोजल’ मञ्चन हुँदै



काठमाडौ । आगामी जेठ १० देखि नाटक ‘म्यारिज प्रपोजल’ पुनः मञ्चन हुने भएको छ । आन्तोन चेखभको लेखनमा चे शंकरको छायानुवादमा नाटक ‘म्यारिज प्रपोजल’ कुञ्ज नाटक घरमा मञ्चन गर्न लागिएको हो ।

संगीत सापकोटा र आशिष घिमिरेले नाटकलाई निर्देशन गरेका हुन। कलासी प्रोडक्सनको प्रस्तुति एवं कर्मन कलासँगको सहकार्यमा नाटक जेठ १० देखि जेठ २७ सम्म मञ्चन गर्न लागिएको निर्देशकद्वयले जानकारी दिए ।

निर्देशकका अनुसार नाटकले विसंगतिवादी विषयवस्तुलाई समेट्दै मनोरञ्जनात्मकता झल्काउने प्रयास गरेकोछ । सन् १८९० को विषयबस्तुलाई समावेश गर्दै वर्तमान परिस्थिति सापेक्ष रूपमा नाटक तयार गरिएको बताइएको छ ।

सन् २०१८ मा मण्डला थिएटरमा प्रस्तुत गरिएको नाटकको विषयवस्तुलाई भारतको अलावादमा भएको कुम्भ फेस्टिबलमा सन् २०१९ मा मञ्चन गरिएको थियो भने, पुनः बंगलादेशको राजशाहिमा बोङंबोन्धु थिएटर फेस्टिबलमा प्रस्तुत गरिएको थियो ।

नाटकमा विजया कार्की, डोरेस खतिवडा, चन्द्र नेपाली र सुन्दर धितालको अभिनय छ । नाटकलाई सन् २०१८ मा तीन जना पात्रहरू मार्फत मञ्चन गरिएको थियो । नाटकले विभिन्न सामाजिक मनोभावनालाई आत्मसात् गर्दै आगामी पुस्ताका नेतृत्वदायी भुमिका चित्रणमा समेत ओत पुर्याउने विश्वास लिइएको छ ।

करिब चालिस मिनेटमा समावेश रहेको नाटको विषयवस्तुलाई परिस्कृत गर्दै १ घण्टा १० मिनेट नाटक समयावधि तय गरिएको छ ।
उक्त नाटकलाई सन् २०१८ मा कलाशी प्रोडक्सनले आफ्नो पहिलो प्रोजेक्टका रूपमा मञ्चन गरेको थियो । नाटक मञ्चनबाट प्राप्त रकम धादिङको गजुरीमा अवस्थित श्री चेपाङ निम्न माध्यामिक विद्यालयका विद्यार्थीहरूलाई सहयोग स्वरूप प्रदान गरिएको थियो ।

कलाशी प्रोडक्सनले हालसम्म ’२४ मा १२’, ‘अधेरी नगरी चौपट राजा’, ‘ज्ञानको चिहान’ र समय पीडा नाटक मञ्चन लगायत विभिन्न क्षेत्रमा काम गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार