नेपाल र कोरिया सम्बन्धको स्वर्णजयन्तीका अवसरमा ‘साराङहेयो’को आयोजना



 

काठमाडौँ ।  नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध भएको ५०औँ वर्षको स्वर्णजयन्तीका अवसरमा सांस्कृतिक कार्यक्रम ‘साराङहेयो’को आयोजना गरियो ।

गणतन्त्र कोरियाली दूतावासद्वारा आयोजित सो कार्यक्रममा विश्वमा ख्याती कमाएका ३० जना कोरियाली कलाकारले विशेष प्रस्तुति दिएका थिए । साराङहेयोको नेपाली अर्थ ‘मायाँ गर्छु’ हो ।

सो अवसरमा कोरियाका कलाकारहरु के टाईगर्सको तेक्वान्दो नृत्य समाबेस भएको कला, ग्याम्बल्जक्र्युको बि बोई नृत्य तथा नेपाली कलाकार स्ट्रउक्पपको सङ्गीतबाट दर्शकहरुलाई भरपूर मनोरञ्जन पाएका थिए ।

कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ स्वर्णजयन्तीको सम्मान गर्दै विगतदेखि कोरिया सरकाले नेपालप्रति देखाएको भाइचारा सम्बन्धलाई भविष्यमा पनि थप गतिशील बनाउने विश्वास व्यक्त गरे ।

नेपालका लागि कोरियाली राजदूत पार्क थेयङले दुई देशबीचको कूटनीतिक सम्बन्धको ५० वर्षमा विकसित सम्बन्धलाई आगामी दिनमा पनि अझ बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै नेपाललाई माया गर्छु, कोरियालाई माया गर्छु र हामी साथै जाउँ भन्ने उद्घोष गरे ।

कोरिया सरकारले विगतदेखि नै नेपालका विभिन्न क्षेत्रमा सहयोग तथा साझेदारी गर्दै आएको छ । सन् १९७४ मे १५ तारिखका दिन नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । स्वर्णजयन्तीका अवसरमा सांस्कृतिक, आर्थिक र विकासका क्षेत्रमा विभिन्न कार्यक्रमको आयोजना भइरहेको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘आधा मुटु’ मा प्रेम, विवाह र डिभोर्सको कथा

काठमाडौं । शान्तिश्री परियार र नेत्र भण्डारीको स्वरमा नयाँ गीत ‘आधा मुटु’ आएको

‘पूर्णबहादुरको सारङ्गी’ ले १४ दिनमा कमायो २७ करोड

काठमाडौँ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ नेपालमा

सन्तानका लागि एक आमाको त्याग समेटिएको ‘भगवान नै आमा हुन्’

काठमाडौं । नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ को दोस्रो गीत सार्वजनिक गरिएको छ ।

यसरी बन्यो ‘रैँया चाँदीको…’

गण्डकी । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’मा समावेश ‘रैँया चाँदीको…’ बोलको गीतलाई पनि श्रोता/दर्शकले उत्तिकै