हेमन्त कान्छाको ‘जाउँ साइँली बेनी बजार’मा



काठमाडौँ । स्वर्गीय लोकगायक पदम विष्ट र गायिका लोचन भट्टाराईको स्वर रहेको गीत ‘जाउँ साइँली बेनी बजार’लाई गायक तथा संगीतकार हेमन्त ‘कान्छा’ रसाइलीले पुन रेकर्ड गराएका छन् ।

रसाइली र गायिका भट्टराईको स्वरमा यो गीत पुनः रेकर्ड भएको हो । मौलिक झ्याउरे लोकदोहोरी शैलीमा तयार गीतकको भिडियो पनि बनेको छ ।

भिडियोमा प्रकाश सपुत, अञ्जली अधिकारी, सुनिल बिक र दीपा शाहीको अभिनय छ । भिडियोका निर्देशन सुनिल विकले गरेका हुन् । रोशन विश्वकर्माको कोरियोग्राफी र करन चैसिरको छायाङ्कन भिडियोमा छ ।

गीतको शब्द स्वर्गीय विष्ट र सपना रसाइलीले लेखेका हुन् । संगीत भने स्वर्गीय विष्टकै रहेको छ । पुराना गायक तथा संकलकहरुको सम्मानमा गीतलाई पुनः रेकर्ड गरिएको गायक रसाइलीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको