वर्ष २०८० : ‘प्रदर्शक र निर्मातालाई बराबरी शेयर’



 

 

काठमाडौँ ।  शनिबारदेखि नयाँ वर्ष २०८१ सुरु हुँदैछ । यस वर्षको अन्तिम दिन आज दुई नेपाली चलचित्र ‘डिग्री माइला’ र ‘द रेड सुटकेस’ प्रदर्शन गरिएका छन् ।

चलचित्र ‘महाजात्रा’ चौथो सातामा प्रदर्शनरत छ । यस चलचित्रका निर्माता दीपेश खत्रीको दाबीअनुसार तीन सातामा नेपालमा चलचित्रको व्यापार १४ करोड भएको छ । यो व्यापारबाट पाँच स्थानीय विकास शुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर कटाएर बाँकी हुने रकम निर्माता र प्रदर्शकले बराबरी शेयर भाग लगाउँछन् । यो सम्भव यस वर्षदेखि नै भएको हो ।

त्यसअगाडि अन्तिम दुई साता पश्चात प्रदर्शकको भागमा ६५ प्रतिशत र निर्माताको भागमा ३५ प्रतिशत मात्र शेयर पथ्र्यो । यसवर्षको कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘दिमाग खराब’ का निर्देशक निश्चल बस्नेतले आफ्नो चलचित्रले प्रदर्शकबाट बराबरी हिस्सा नपाए चलचित्र प्रदर्शन रोक्ने निर्णय गरेपछि यो सहमति भएको थियो ।

चलचित्र वितरक तथा प्रदर्शकको संस्था नेपाल चलचित्र सङ्घ र निर्माताको संस्था नेपाल चलचित्र निर्माता सङ्घको सम्झौताअनुसार अहिले चलचित्र प्रदर्शन भएको अन्तिम समयसम्मको बराबरी भाग लाग्ने गरेको छ । यसलाई यसवर्ष नेपाली चलचित्रको ठूलो उपलब्धिको रुपमा चलचित्रकर्मीले लिएका छन् ।

यही नियमका आधारमा लाभान्वित भएका निर्माता रवीन्द्रसिंह बानियाँले यसका लागि उठिरहेको आवाजलाई यो वर्ष सम्बोधन भएको बताए ।

“हामीले यो कुरा बारम्बार उठाएका थियौँ । यसपटक निर्देशक बस्नेतले गर्नुभएको आँटको  जति प्रशंसा गरे पनि कम हुन्छ । उहाँको कारण अहिले हामीले प्रदर्शक झैँ बराबर भाग पाउँछौँ”, उनले भने ।

निर्माता र निर्देशकको रुपमा चलचित्रमा सक्रिय रहेका पुर्नेन्दु झाले चलचित्र भवनको दायित्व निर्माता झैँ हुनुपर्ने बताए । उनले भने, “चलचित्रको प्रचारप्रसारका क्रममा पोस्टर टाँस्ने, श्रव्यदृश्य सामग्री देखाउने लगायतमा निर्माताको शुल्क लाग्ने गरेको छ । चलचित्र निर्माण गरेपछि प्रदर्शनमा प्रदर्शकको दायित्व बढाउनु पर्छ ।” अहिले चलचित्र निर्माताले चलचित्र भवनमा देखिने पोस्टर टाँसेको शुल्क तिर्न बाध्यछन् ।

नयाँ वर्षमा नेपालीसँगै विदेशी चलचित्र प्रदर्शन हुन्थे । विदेशी चलचित्रमा अग्रिम भुक्तानी गरेर अधिकार खरिद गर्नुपर्ने भएकाले चलचित्र भवनमा नेपालीको तुलनामा शो सङख्या बढी हुन्थ्यो । तर, यसपटक २०८१ वैशाख १ गते नयाँ चलचित्रको रुपमा नेपाली चलचित्र मात्र छन् ।

विदेशी चलचित्रलाई चर्को मूल्य तिर्नुपर्ने, नेपाली चलचित्र प्रति दर्शकको आकर्षण बढिरहेको सन्दर्भमा वितरकले विदेशी चलचित्र नेपाल ल्याएनन् । धेरै समयपछि विदेशी चलचित्र एकै मितिमा नेपालमा भित्रिएन् ।

चलचित्र विकास बोर्डका सदस्य रवि अधिकारीले विदेशी चलचित्र ल्याउने प्रक्रिया अगाडि नबढेकाले तुरुन्त आउने सम्भावना नरहेको बताए । “हामी कहाँ चार दिन अगाडि नै प्रक्रियामा आउनुपर्छ । त्यस्तो केही छैन, त्यसकारण यो नयाँ वर्षमा नयाँ चलचित्रका रुपमा नेपाली मात्र छ । पछिल्लो समय नेपाली चलचित्र हेर्न दर्शक उत्साहित रहेको पाइएको छ”, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी मायालाई…’

अर्घाखाँची । गायिका सुनितामी परियारको नयाँ लोक दोहरी गीत ‘सुनिमायालाई, सँगै काटौला जुनी

नेपाली चलचित्रलाई दर्शकको राम्रो साथ

काठमाडौँ । नयाँ वर्ष विसं २०८१ को सुरूभएदेखि नै दर्शकहरूले नेपाली चलचित्रलाई साथ

निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई

काठमाडौँ । अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित छन्।

केकी अधिकारीको ‘बोक्सीको घर’ प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि केकी अधिकारी अभिनित ‘बोक्सीको घर’ रिलिज भएको हो । केकीको