‘लण्डन टु पेरिस’ मा निश्चल र साम्राज्ञी



काठमाडौं । आगामी जेठ २५ गते रिलिज हुने फिल्म ‘लण्डन टु पेरिस’ को पहिलो गीत ‘खुला आकाश’ सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच फिल्मका प्रमुख कलाकार निश्चल खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर्ड गीत सार्वजनिक गरिएको हो ।

गीतमा हर्कुलस बस्नेतको शब्द, संगीत र स्वर छ । लण्डनमा छायांकन गरिएको गीतमा निश्चल र सामग्रीलाई रोमान्टिकभावमा देखाइएको छ । खुला आकाशमा रोमान्टिक जोडीको प्रेमभावलाई निश्चल र सामग्रीमार्फत देखाइएको छ ।

निश्चल र साम्राज्ञीलाई लङ्गनेस फर्नान्डिजले कोरियोग्राफ गरेका छन् । फर्नान्डिज विश्वप्रसिद्ध ओस्कार अवार्डमा अवार्ड प्राप्त फिल्म ‘स्लमडग मिलेनियर’को गीत ‘जय हो’को कोरियोग्राफर हुन् । एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्य रहेको छ ।

फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत र परी राना निर्माता छन् । सनिश खकुरेल सह–निर्माता रहेको फिल्ममा अंकित गौतम कार्यकारी निर्माता छन् । रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्मस्ले फिल्मलाई नेपालभर वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार

चलचित्र ‘होस्टेल ३’ को ट्रेलर सार्वजनिक

काठमाडौँ । विद्यार्थीको छात्रावास जीवनमा केन्द्रित रहेर चलचित्र ‘होस्टेल ३’ तयार गरिएको छ

‘रोक्ने छैन’ मा सृष्टि, महेश र करिष्माको रोमान्स

काठमाडौं । नेपाली फिल्म ‘११ः५५’ (डु नट ट्रस्ट एनिवन)को पहिलो गीत सार्वजनिक भएको