सर्लाहीमा ‘मेयर’ को ११ हजार जनतामाझ छायाङ्क



काठमाडौं । सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि ‘क्राउड’ चाहिने भएपछि त्यहाँ ११ हजार जनता उपस्थित भएका थिए ।

खनालले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै खुशी साटेका छन् । ‘यो कुनै पार्टीको आमसभा होइन । यो त सिनेमा ‘मेयर’को छायाङ्कनको लागि आउनु भएका ११ हजार स्थानीयको माया हो । नेपाली सिनेमा निर्माणमा एउटा महत्वपूर्ण क्षण बनाइदिनु हुने सम्पूर्ण उपस्थित माहानुभावहरूमा मेरो व्यक्तिगत तथा सम्पूर्ण टिमबाट हार्दिक आभार व्यक्त गर्दछु’, उनले लेखेका छन् ।

करिब एक महिनादेखि सर्लाहीको वाग्मती नगरपालिकामा फिल्मको छायाङ्कन गरिरहेका दीपेन्द्रले फिल्मका लागि स्थानीयको साथ राम्रो पाइरहेको बताए । फिल्म ‘मेयर’ सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको जीवन संघर्षमा आधारित छ । फिल्मको केही दृश्य काठमाडौं र सिन्धुलीमा खिचिनेछन् ।

फिल्ममा खगेन्द्र लामिछानेले मेयर थापाको भूमिका निर्वाह गरिरहेका छन् । उनको अपोजिटमा अभिनेत्री वर्षा राउत छिन् । पटकथा प्रडक्सनको ब्यानरमा बनिरहेको फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्यदेव, हरिहर शर्मा, रवीन्द्र झा, प्रकाश घिमिरे, रमेश बुढाथोकी, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायतको पनि अभिनय छ । फिल्ममार्फत मेयर थापाकी छोरी अर्विशा थापाले अभिनयमा डेब्यू गर्दैछिन् ।

श्रष्टिमा खनाल र शर्मिला पाण्डे निर्माता रहेको फिल्ममा निर्देशक दिपेन्द्र कार्यकारी निर्माता छन् । फिल्ममा महेश दवाडीको पटकथा तथा कृष्णबहादुर थापाको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार