बार्बीलाई ‘बेस्ट ओरिजिनल स्कोर’ अवार्ड



काठमाडौं । ९६ औं संस्करणको ओस्कार अवार्डमा फिल्म ‘ओपेनहाइमर’ले सर्वाधिक ७ विधामा अवार्ड जितेको छ । सोमबार बिहान लसएन्जल्सको डल्बी थिएटरमा भएको अवार्डमा फिल्मले ‘बेस्ट पिक्चर’को अवार्ड जित्दा फिल्मका लागि निर्देशक क्रिस्टोफर नोलेनले ‘बेस्ट डिरेक्टर’, सिलियन मर्फेले ‘बेस्ट एक्टर’ र रोबर्ट डाउनर जुनियरले ‘बेस्ट सपोर्टिङ एक्टर’ विधाको अवार्ड चुमे ।

यो फिल्म आवणिक बमका आविस्कारक भौतिकशास्त्री रोबर्ट जे ओपेनहाइमरको जीवनीमा आधारित छ । सिलियन ओस्कार अवार्ड जित्ने पहिलो आइरिस अभिनेता हुन् । सिलियनले फिल्ममा ओपेनहाइमरको शीर्ष भूमिकामा अभिनय गरेका छन् ।

फिल्ममा रोबर्ट डाउने जुनियरले अमेरिकी सरकारी अधिकारी लुईस स्ट्रसको भूमिकामा अभिनय गरेका छन् । ‘ओपेनहाइमर’ ले ‘बेस्ट इडिटिङ’, ‘ओरिजिनल स्कोर’ र ‘सिनेमाटोग्राफी’ विधाको अवार्ड पनि जितेको थियो । यस्तै, फिल्म ‘पुअर थिङ्स’का लागि एम्मा स्टोनले ‘बेस्ट एक्ट्रिस’को अवार्ड जित्दा ‘बेस्ट प्रोडक्सन डिजाइन’, ‘कष्ट्युम डिजाइन’, ‘मेकअप एण्ड हेयर स्टाइलिङ’को अवार्ड पनि सोही फिल्मले पोल्टामा पार्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार