नाटक ‘रिफण्ड’ पब्लिक शोमार्फत मञ्चन



 

गण्डकी ।  फागुन १४ गतेदेखि पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बुकिङ शो’ मार्फत मञ्चन भइरहेको नाटक ‘रिफण्ड’ शनिबारदेखि ‘पब्लिक शो’ मा मञ्चन भएको छ ।

यही फागुन २८ गतेसम्म मञ्चन हुने नाटक शनिबार दिउँसो १ बजे, आइतबार र सोमबार साँझ ५ बजे मञ्चन गरिने पोखरा थिएटरका अध्यक्ष परिवर्तनले जानकारी दिए । उनका अनुसार हालसम्म बुकिङ शोमार्फत १४ पटक मञ्चन भएको नाटक करिब तीन हजार दर्शकले हेरिसकेका छन् । पब्लिक शोमार्फत नाटक हेर्न दुई सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।

हङ्गेरियन लेखक फ्रिज क्यारेन्थिले सन् १९३८ मा लेखेको यो नाटकलाई नारायण न्यौपानेले नेपालीमा अनुवाद गरेका हुन् । कक्षा ११ को अनिवार्य अङ्ग्रेजी विषयमा समावेश भएको ४० मिनेट अवधिको नाटकले घोकन्ते शिक्षाभन्दा व्यावहारिक र सीपमूलक शिक्षामा जोड दिएको छ ।

नाटकमा रमेशबाबु तिमल्सिना, धनकाजी श्रेष्ठ, मिलन श्रेष्ठ, रोहित पौडेल, आदित्य सुनार, ज्योति हमाल, सुशन पौडेल र रोशनी रामदामको अभिनय हेर्न पाइन्छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार भएको नाटकको निर्देशन पोखरा थिएटरको अध्यक्षसमेत रहेका परिवर्तले गरेका छन् ।

पछिल्लो समयमा नाटकप्रति स्कुलमा अध्ययनरत विद्यार्थीको आकर्षण बढेको भन्दै थिएटरको संयोजनमा पोखराका १७ विद्यालयमा नाटकको कक्षा सञ्चालन भइरहेको थिएटरका संस्थापक सदस्य दीलप्रसाद गुरुङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘माग्ने राजा’ तीजमा आउने

काठमाडौं । नेपाली फिल्म ‘माग्ने राजा’को आगामी हरितालिका तीजमा आउने भएको छ ।

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

काठमाडौं ।  निर्देशक तुलसी घिमिरेले चलचित्र ‘पहाड’को छायाङ्कन सुरु भएको छ । गोरखा

सेन्सर बोर्डद्वारा ‘लाज शरणम’ लाई प्रदर्शन अनुमति

काठमाडौं । नेपाली फिल्म ‘लाज शरणम’ को सेन्सर पास भएको छ । केन्द्रीय

‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रम हुँदै

काठमाडौं । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले नेपालमा प्रस्तुति दिने भएका छन्। गजलकार